>

Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts
कसरी मनलाई मैत्री बनाउने ?

कसरी मनलाई मैत्री बनाउने ?

हामी सबै मानवसँग मन छ । सबै मानवको एउटै मन हुँदैन । आत्मा र मन फरक कुरा हो । कल्पना गरिने कुरा मनमा हुन्छ । आँखाले देखेको, पढेको, अनुमान गरेका कुराहरू मन भित्रबाट प्रष्फुटन हुन्छन् । त्यसलाई संयोजन गरी विभिन्न भाषामा उतारिन्छ, ती उतारिएका लेखन, छापा वा विद्धुतीय साधनहरुद्वारा हामी बुझ्न सक्छौं कुरा यस्तो रहेछ भनेर । यसलाई छुट्याउन मुश्किल छ कि यो हिमाली, यो पहाडी, यो तराइको मन अथवा देशी वा विदेशी भनेर । दिमाग र मनको सम्बन्ध रहन्छ र त दिमागले सोचेको कुरा मनमा खेल्न थाल्दछ । एउटै मान्छेले कयौं भाषा बोल्दछ, एउटै भाषा मात्र बोल्ने पनि मानिस हुन्छन् । भाषा सिकाइ, पढाइबाट आउँछ तर मन त शुरुदेखि नै हुन्छ । एक प्रकारको शंस्कारबाट अर्को प्रकारको शंस्कारमा गइयो भने, मन बदलिन्छ, हिजोकोभन्दा फरक हुन्छ । ऋतु, संगत र शंस्कार अनुसार मन फरक हुन्छ । क्षेत्र, देश, विदेश, समाज, मौसम र शिक्षा अनुसार बन्दछ यो मन ।
जे देख्छौ त्यही गर

जे देख्छौ त्यही गर


जे देख्छौ त्यही गर आँखा सिकाउछ,
परिवर्तन हुनैपर्छ दुनियाँ सिकाउँछ
खटेर कमाउ या लुटेर कमाऊ पैसा,
उसले सबैलाई आफ्नो धन्दा सिकाउँछ

प्रिय भेडा जनताहरुलार्इ अप्रिय नेताको पत्र copy right

प्रिय भेडा जनताहरुलार्इ अप्रिय नेताको पत्र copy right


        राम वि शाम (साधक)   |   आइतवार, बैशाख ३, २०७४ मा प्रकाशित   |   37 पटक पढिएको   |  
प्रिय भेडा जनताहरु,
छोटो कार्यकालको लामो सम्झना ।
           म यहाँ सन्चै छु । सन्चो भएर नै हजुरहरुलार्इ सानो पत्र लेख्दै छु । बरु प्रिय जनताको खबर के छ ? कस्तो छ ? भोको हुनुहुन्छ की नाङ्गो हुनुहुन्छ ? धारामा पानी आउँछकी आउँदैन ? घरमा बिजुली छ की छैन ? मोटरबाटो छ की छैन ? तपार्इका बालबालिका विद्‍यालय जान्छन की जाँदैनन् ? के कस्तो छ प्रिय जनताको खबर ? यहाँ मलार्इ साह्रै चिन्ता लागेको छ । केही दिन भो प्रिय जनताको यादले सताको सतार्इ छ । रातमा निन्द्रा लाग्दैन, दिनमा भोक लाग्दैन् । यता गर्‍यो जनताकै पिरलो, उता गर्‍यो जनताकै पिरलो ।
      अब यति भनेपछि प्रिय जनताले त बुझ्‍नु भयो होला क्यारे । मैले किन पत्र पठाएको र पत्रमा चिल्ला मिठा कुरा किन गर्‍यो भनेर । प्रिय जनतालार्इ थाहै छ क्यारे, स्थानीय तहको निर्वाचन नजिकिदै छ भनेर । तर म मेरो लागि भोट माग्न पक्कै पनि यो पत्र लेखिरहेको छैन ।
      आज म प्रिय जनतासँग यथार्थ कुरा गर्न चाहान्छु । २०७० सालको संविधान सभाको चुनाव अघि मैले प्रिय जनताका सामु विभिन्‍न भ्रम छरेकै हुँ, नानाथरीका आश्वासन दिएकै हुँ । घर-घरमा मोटर बाटो पुर्‍यार्इदिन्छु, गाउँ-गाउँमा स्वास्थ्यचौकी निर्माण गरिदिन्छु, गाउँ-गाउँमा विद्‍यालयहरु निर्माण गरिदिन्छु, यो गर्छु, त्यो गर्छु यी सबै भनेकै हुँ प्रिय जनतालार्इ ।
      २०७० सालको संविधान सभाको चुनावमा मैले जे बोलेँ, जे गरेँ, जुन आश्वासन दिएँ ती सब केवल चुनाव जित्‍नका लागि मात्र थिए । तपार्इ भेडा जस्ता जनतालार्इ प्रयोग मात्र गरेको हुँ । यसमा मेरो कुनै गल्ती छैन । मैले बोलेको तर गर्न नसकेकोमा म कुनै माफी पनि माग्‍न पनि चाहान्‍न किनकी मैले कुनै गलत गरेको छैन । मैले जे जानेँ त्यही गरेँ, मैले जे गर्न सक्छु त्यही गरिरहेको छु ।
      वास्तविकता के हो भने वास्तवमा म सभासद् बन्‍ने योग्य मान्छै नै हैन । न मैले केही गर्न सक्छु, न मसँग नयाँ भिजन नै छ । न मसँग लिडिङ गर्ने क्षमता छ, न मसँग विविध कुराको जानकारी नै । तर म यो चाहिँ भन्‍न सक्छु की तपार्इ जनता भनेको भेडा हो, भेडाको विचमा म बाख्रो भर्इदिएको मात्र हो ।
      प्रिय जनताहरु तपार्इहरु आफैमा परजीवी हुनुहुन्छ, तपार्इहरु आफैमा भेडा हुनुहुन्छ त तपार्इले छनोट गरेको नेता कस्तो होला ? म जस्तो मान्छेलार्इ त तपार्इहरु नेता मान्‍नुहुन्छ त कसरी हुन्छ देशको विकास ? कसरी पाउँछ देशले परिवर्तन ? कसरी बन्छ नेपाल समृद्ध देश ? कसरी बन्छ ?
      क्षणिक व्यक्तिगत स्वार्थका लागि देशको दिगो शान्ति र समृद्धि गुमाउने तपार्इ जस्तो जनताले नै गर्दा देशले निकास पाउन नसकेको हो, देश विकासित हुन नसकेको हो । मैले २०७० मा चुनाव जित्दा पैँसाले किनेको थिएँ तपार्इ प्रिय जनतालार्इ जसरी किनिन्छ बाख्रा र भेडाहरु । पैँसामा बिकेर देशको भलो र समृद्धि कुल्चिने तपार्इ जस्तो प्रिय जनतालार्इ मैले भेडा नभनेर के भनौँ त गधा भनौँ ?
      २०७० को संविधान सभाको चुनावको प्रचार प्रसारका लागि म एउटा गाउँमा गएको थिएँ । उक्त गाउँका प्रिय जनताको उपस्थितमा एउटा औपचारिक कार्यक्रम गरियो । उक्त कार्यक्रममा मैले बनावटी कुराहरु मात्र राखेको थिएँ । भ्रमात्मक र आश्वसन खालका कुरा गरेको थिएँ । हाम्रो पार्टीले यस्तो गर्‍यो, हाम्रो पार्टीले उस्तो गर्‍यो र आगामी दिनहरुमा यसो गर्छ, उसो गर्छ भनेर मिलाएर भन्देको त तालीका ताली बजार्इहाले । वास्तविक रुपमा हाम्रो पार्टीले के गरेको थियो र के गर्न सक्छ ? केही नबुझेर हावा तालमा हावा ताली बजाउने तपार्इ जस्ता प्रिय जनतालार्इ भेडा नभनेर के भनौँ त कुकुर भनौँ ?
      प्रिय जनता, तपार्इले मलार्इ भोट दिएको हो भन्दैमा आजभोली JPT (जे पार्इयो त्यही) भन्‍न मिल्दैन किनकी तपार्इको भोट मैले पैँसाले किनेको हुँ । व्यक्तिगत स्वार्थका लागि व्यक्तिको वास्तविक क्षमता नबुझिकन दिएको भोटले कसरी भलो गर्न सक्छ ? कसरी देशको विकास हुन सक्छ ? असत्य कुनै पनि हालतमा फल्‍न सक्दैन ।
      सत्य तितो हुन्छ । प्रिय जनतालार्इ तितो नलागोस् । वास्तवमा देशले अहिलेसम्म विकासको मोड लिन नसक्‍नु, देश सम्पन्‍नशाली हुन नसक्‍नु, विकासका प्रचुर सम्भावना भएर पनि विकसित हुन नसक्‍नु यी सबै कुराको दोषको भागेदार प्रिय जनताहरु नै हो । प्रिय जनताको अप्रिय सोचले नै देशले यस्तो बिजोग अवस्था भोगिरहेको छ । पार्टीको झोले भएर, आफ्नो भनाउँदो पार्टीको गलत कुरालार्इ पनि सही ठानेर विपक्षी पार्टीको सही कुरालार्इ पनि गलत रुपमा अर्थ्याउने तपार्इ जस्ता प्रिय जनतालार्इ भेडा नभनेर के भनौँ त स्याल भनौँ ?
      प्रिय जनताहरु, आज म आफैलार्इ पश्‍चाताप लागिरहेको छ, आत्मग्लानी भर्इरहेको छ की म जस्ता असक्षम र अयोग्य, नेता जस्तै जस्तैले गर्दा देशले परिवर्तन पाउन सकेको छैन, देशले काँचुली फेर्न सकिरहेको छैन । प्रिय भेडा जनताहरुको गलत सोचार्इ, प्रिय भेडा जनताले छनोट गरेको बाख्रा नेता र बाख्रा नेताले गरेको नेतृत्व यस्तै त हुन्छ नी । कठै बरै प्रिय भेडा जनता, कठै बरै म र बाख्रा साथीहरु, कठै बरै हाम्रो देश ।
      धेरै पनि के लेखौँ र । अन्तमा म के भन्‍न चाहान्छु भने प्रिय जनताहरु, सर्वप्रथम तपार्इ आफ्नो सोच बदल्नुहोस् त्यसपछि तपार्इ आफू स्वाबलम्बी बन्‍नुहोस्, अनि कुनैपनि चुनावमा पार्टीलार्इ हैन सक्षम व्यक्ति चुन्‍नुहोस्, त्यसपछि तपार्इ राम्रो हुनुहुनेछ, अनि तपार्इको जीवन सुन्दर हुनेछ, त्यसपछि तपार्इको परिवार सुन्दर हुनेछ, अनि समाज, वडा, गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेश हुँदै देश समृद्ध बन्‍नेछ, त्यसपछि गर्वका साथ भन्‍न पार्इनेछ, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।।।
उही तपार्इकै
असक्षम र अयोग्य तर
प्रिय जनतालार्इ भ्रम र आश्वसन छरेर
सभासद् पड्काएको
सभाषद्
भगवानलाई चिठी

भगवानलाई चिठी


        शितल आचार्य   |   शनिबार, बैशाख २, २०७४ मा प्रकाशित   |   202 पटक पढिएको   |  
२०७४ सालमा…….. 
मैले तिम्रो महानताको व्याख्या गर्दै हिड्नु भनेको तिम्रो अगाडी आफै ठूलो कहलाउनु हो । संसारले तिमीलाई पुज्छ । म कसरी तिमीभन्दा महान बनेर बस्न सक्छु । तिमीले आजसम्म मेरो मनमा चोट पुग्ने कुनै काम गरेका छैनौ । छौ त केवल पाईला पाईलामा साथ मात्र दिईरहेका छौ । म आफैलाई सबल र सक्षम बनाउनका लागि तिमीले बारबार मलाई सम्झाईरहेका छौ । आजसम्म मैले तिमीसँग कुनै गुनासो गरेकी छैन र तिमीले पनि त मैले गुनासो गर्नै पर्ने कुनै काम गरेका छैनौ । विगत २०५५ सालदेखि वि.सं. २०७३ साल सम्म निन्तर साथ दिँदै आएका तिमीलाई हरेक वर्षको अन्तिममा झँै २०७३ सालको अन्तिममा तिमीलाई तिम्रो घर सामु गएर तिमीलाई सधन्यवाद दिन सकिन । त्यसको लागि हृदयदेखि नै माफि चाहान्छु ।
तिम्रो घरसम्म गएर तिमीलाई कुनै उपहार चढाउन नसकेपनि हृदयका कुनदेखि नै जगत भरीको तिमीलाई मन पर्ने उपहार मनबाटै चढाएकी छु । आजबाट मेरो नयाँ साल वि.सं २०७४ शुरु भएको छ । २०७४ सालमा मैले धेरै काम गर्नु२०७४ सालमा मैले धेरै काम गर्नु छ । आफ्नो र देशका लागि थुप्रै सपनाहरु बुनेकी छु । मेरा सपना पूरा गर्न तिमीले मलाई कुनै शक्तिको प्रयोग गर्नु पर्दैन । केवल मेरो परिश्रम गर्ने बानीलाई नघटाईदिए पुग्छ । म मेरो परिश्रममा निरन्तर अडीग भएर अगाडी बढि रहेँ भने २०७४ सालमै मेरा सपनाहरु पूरा गर्न सक्छु । त्यसमा कुनै दुई मतै छैन ।
आज म तिमीसँग कहिल्यै र कसैले नमागेको कुरा माग्दैछु पिलिज नाई नभन्नु ल । मेरो अनिन्द्राको सपना मेरो पलपलको सपना मेरो सुन्दर शान्त देश बनाउने म एक्लैले शुरु गरेको पाँच वर्ष भईसक्यो । तर पनि कुनै परिवर्तन देखिँन । न शान्ति पाएँ नेपाल आमाले न विकास देखिन । मेरी आमा पलपल मरेर पनि बाँचिरहेकी छन् । मेरी आमालाई क्यान्सर भईसक्यो । म एक्लैले केही गर्न सकिरहेकी छैन । म मेरी आमाको छटपट्याई हेरेर बस्न सक्दिन । मेरी आमाको पिडा देख्दा मेरो मुटु चिरिन्छ । आँशुर वर्षा झैँ बर्षिन्छन् ।
मेरी आमाको पिडाको बारेमा आमाका छोराहरुलाई बारबार भन्छु । तरपनि उनीहरुलाई कुनै मतलब छैन । मेरी आमाको पीडामा उनीहरु रमाईरहेका छन् । त्यसैले हे भगवान मेरी आमालाई यस्तो शक्ति देउ की मेरी आमाको क्यान्सर सन्चो होस् र मेरी आमाले फेरी एउटा मलाई साथ दिने सन्तान जन्माउन । अनि हामी मिलेर नेपाल आमालाई यगौँयुग बचाई राख्न सकौँ । तिमीलाई थाहा छ की छैन ? म आमा विना कुनै सपना पूरा गर्न सक्दिन । मेरा हरेक सपना पूरा गर्न आमाको साथ चाहिएको छ । मेरी आमाले यी आँखामा देखेका सपनाहरु मेरी आमाकै निम्ती पूरा गर्न चाहान्छु । नेपाल आमा विना म रहन सक्दिन । म भन्दा पछाडीका मेरी आमाका सन्तानहरुका लागि भएपनि मेरी आमा बाँच्नु पर्ने हुन्छ । मेरी आमा नै रहिनन भने उनीहरुको के हालत होला तिमी आफै सोच त ।
त्यसैले हे भगवना तिमी मेरी आमाका म भन्दा अगाडीका सन्तानका भरमा परेर मेरी आमालाई यसरी नतड्पाउ । मलाई त दाजु भन्न पनि लाज लाग्छ । मेरी आमाले छोरा हुन भन्न पनि छोडिसकिन भने तिमी कसरी उनीहरुको विश्वासमा बसेका छौ खै । मलाई मेरी आमाको मुहारमा लालीकिरण चम्केको हेर्नु छ । मेरी आमाको मुस्कार कस्तो छ खै एक पटक त्यो मुस्कानमा मलाई रमाउन मन छ । मेरी आमाको मनमा शान्तिको वास भएको आभाष पाउनुले पहिलो पटक मागेको यो मेरो सानो नासोलाई दिन अस्वीकार नगर है । त्यो दिन पनि आउने छ । त्यो दिन तिमीले भन्दा म ठूलो नासो दिने छु । मेरो २०७४ साल तिम्रो हातमा छ ।
उही तिम्री 
                                                                                 शितल आचार्य

यस्ताे छ चलचित्र उमंगको ट्रेलर (भिडियो सहित)

चलचित्र उमंगको ट्रेलर यस्तो छ भिडियो हेर्नुहोस :

सुर्य चन्द काठमाडौं : बहु प्रतिक्षित नेपाली यथार्थ परक नेपाली चलचित्र उमंगको ट्रेलर सर्बाजनिक भिडियो सहितसार्वजनिक गरिएको छ, परदेशीको कथालाई समेटिएको उक्त चलचित्र नेपाली परिवेशका हर कथा र माया प्रेमलाइसमेटेको छ l यहि आउदो कार्तिक १२ गते नेपाल भर प्रदर्शनको तयारिमा रहेको उक्त चलचित्रको ७५% छायांकनदुबईमा गरिएको चलचित्रको बाकी दृश्य गुल्मी बागलुङ र काठमाडौमा गरिएको छ l  दर्जनौ चलचित्रमा कोरियोग्राफरर मुख्य सहायक निर्देशक भएर काम गरेका शिव शर्माले यो चलचित्रको निर्देशन गरेका हुन, चलचित्रले मनमा उमंगबोकेर परदेशीन बाध्य भएका परदेशीको कथा समेटेको छ ।
छायांकन सुरु भएदेखि नै चर्चामा रहेको चलचित्रमा बिनिता बराल, कुमार बि . सी, सि .पि .पौडेल ,राम बाबू रेग्मी,शिला श्रेष्ठ,रुपेश सुवेदी , राम थापा, उमेश कुमार के .सी , लगायतको अभिनय रहेको छ ।बसन्त अधिकारीको मुख्यसहायक निर्देशन रहेको चलचित्रमा संगीत अर्जुन पोख्रेल र बि. बि . अनुरागी , द्वन्द कुमार महर्जन , सम्पादन अर्जुनजि. शि.तथा VFX अक्कि शर्मा को रहेको छ । रबिन्द्र बराल छायांकार रहेको फिल्मको कथाकार कुमार बि .सी हुन,आफू बिदेशमा बसेर बिदेशको दुख कष्ट भोगेको र सोही बिषय बस्तु लाइ चलचित्र को कथा बनाएका कुमार बि.सी.  नैचलचित्रका निर्माता हुन ।
चलचित्र नाम नै उमंग रहेको हुदा नेपाली हरुको महान चाड तिहारको मौका पारेर कार्तिक१२ गते अधिराज्यभर प्रदर्शन हुँदै छ ।

‘वाग्मती ब्लुज’ ल्याउँदै विजय

‘वाग्मती ब्लुज’ ल्याउँदै विजय

‘वाग्मती ब्लुज’ ल्याउँदै विजय

श्रावण २२, २०७३- कवि विजय हितानले नयाँ कविता संग्रह ‘वाग्मती ब्लुज’ ल्याउने भएका छन् ।
वातावरण साहित्य सिर्जना गर्दै आएका हितानले पर्यावरण क्षेत्रको विनासलाई चित्रण गरिएका कविता संग्रहमा समेटेको बताए । ‘समग्र भूगोलमा परेको समस्याबाट थोरै भए पनि जनचेतना जनाउन कृति लेखेको हुँ,’ उनले भने ।
हितानले बेलायतबाट युनिभर्सिटी शिक्षा हासिल गरेका हुन् ।
उनले यसअघि विछोडअघिको रात कविता संग्रह, थकित पृथ्वी कथा संग्रह, जयबहादुर हितान व्यक्तित्व कृतित्वजस्ता कृति सार्वजनिक गरिसकेका छन् ।


http://bit.ly/2aQiEXu
डाक्टर चित्रको सम्झनामा

डाक्टर चित्रको सम्झनामा

डाक्टर चित्रको सम्झनामा

श्रावण २२, २०७३- डाक्टर चित्रप्रसाद वाग्ले मेरो पनि डाक्टर हुनुहुन्थ्यो । उहाँका हातले मलाई पनि धेरै पटक स्पर्श गरेका थिए । उहाँको आलाले मेरो छातीको धडकन थुप्रै पटक जाँचेको थियो । उहाँले सिफारिस गरेको औषधिहरूले म निको पनि भएको थिएँ । निश्चय नै, अर्घाखाँची जिल्लाको बासिन्दा हुनुको नाताले पनि डाक्टर चित्रलाई भुल्नु मेरो कृतघ्नता हुनेछ ।
करिब पाँच वर्षको सन्धिखर्क बसाइलाई बिट मार्दै म २०६४ सालमा आफ्नै घर सिद्धारा फर्केको थिएँ । त्यसयता चाहिँ उहाँसँग खासै भेट भएन । एक दिन सन्धिखर्कमा उहाँका बारेमा कसैले मलाई सुनाएको थियो, “डाक्टर चित्रलाई क्यान्सर भएको छ । अहिले काठमाडौँतिर हुनुहुन्छ ।” यो सुनेर मेरो हृदय दग्ध बनेको थियो । मेरो मन बेस्सरी हल्लिएको थियो । अझ सुनाउनेले यो पनि जोडेको थियो, “अब उहाँ बाँच्ने सम्भावना नै छैन रे ।”
मन निमोठिएको थियो । उहाँसँग नजिक भएर बस्ने या कुराकानी गर्ने मौका त कहिल्यै पाइनँ, तर उहाँले मलाई मौका पर्दा बोल्ने र हाँस्ने नै नहुने गरी टाढा पनि कहिल्यै सोच्नुभएन । भेट हुन्थ्यो । बाटोमा, क्लिनिकमा, अस्पतालमा । सधैँ हतारमा देख्थेँ । सधैँ बिरामीहरूको चिन्ता हुन्थ्यो उहाँलाई ।

उहाँको स्वास्थ्यका बारेमा थाहा पाएपछि अर्घाखाँचीमा उहाँको उपचारका लागि भनेर चन्दा उठाउने अभियान पनि सुरु भइसकेको थियो । पछि सुनियो, उहाँको सम्पूर्ण उपचार सरकारले गरिदिने भयो रे । चन्दा अभियान रोकियो । यतिसम्म कि, उठाइसकेको पैसा पनि उहाँले फर्काउन लगाउनुभएको समाचार सुनियो ।
पछि म विदेश आएँ, मलेसिया । उहाँका बारेमा विभिन्न समाचारमा सुनिरहन्थेँ । पढिरहन्थेँ । नरमाइलो लाग्थ्यो । मनले कामना गथ्र्यो, उहाँलाई निको भइदिए हुन्थ्यो ।
अनि एक दिन थाहा पाएँ, भारतमा लामो उपचारपछि उहाँलाई घर ल्याइएको छ । अमेरिका या क्यानाडा लगेर उपचार गर्ने हो भने उहाँलाई ठीक पनि हुन सक्छ, तर त्यसका लागि दुई–चार करोड रुपैयाँ लाग्न सक्छ । अनि सुनेको थिएँ, सरकारले उहाँको उपचार गर्ने भनेर पनि गरेन । नेताहरूलाई रुघा लाग्दा विदेशका महँगा अस्पतालमा लैजाने हाम्रो देशको सरकारलाई सायद उहाँ जस्ता जनताका सेवकहरूप्रति सधैँ नै आफुभन्दा असल भएकामा डाह हुन्छ ।
त्यस्तैमा एक दिन मेरो मुखमा पनि एउटा सानो घाउ देखियो । त्यो घाउ बिस्तारै ठूलो हुँदै गयो र एउटा आकारमा पुगेर रोकियो । माथिल्लो बंगाराको छेउमा आएको यो घाउले मलाई चिन्तामा धकेल्यो । सुरुसुरुमा बाक्लो र्‍याल आउने गरेको थियो । त्यसपछि मुख सुक्खा हुन थाल्यो । घाउ लगातार त दुख्दैनथ्यो, तर निको पनि भएन । अझै पनि यो त्यस्तै छ । कहिलेकाहीँ दुख्छ । थुप्रै अस्पतालमा देखाएँ, तर आजसम्म निको भएको छैन ।
यही घाउ हेरेपछि अनि मेरो कुरा विस्तारमा सुनेपछि एउटा निजी क्लिनिकको डाक्टरले मलाई भनेको थियो, “म शतप्रतिशत ठोकुवा गरेर भन्न सक्छु, यो क्यान्सर नै हो ।”
यसरी मेरा दुर्दिन सुरु भएका थिए, मलेसियामा । उता डाक्टर चित्र मृत्यु पर्खेर घरमा बस्नुभएको थियो । यता मेरो पनि अवस्था त्यस्तै थियो । म पनि अब मर्छु नै होला भनेर मानसिक रूपमा तयार हुने कोसिसमा थिएँ । साथीहरूले मेरा लागि भनेर चन्दा संकलनको कुरा पनि ल्याए, तर मैले तत्काल त्यसबारेमा अगाडि नबढ्न भनेँ । यस्तो बेलामा आफ्नो माया बिस्तारै हराउँदै जाँदो रहेछ, तर आफ्ना मान्छेहरूको माया झनै बढी लाग्दो रहेछ । अझ परदेशमा भएको अवस्थामा यो पीडा सायद लेखेर साध्य पनि छैन ।
 
मैले पनि खुब सम्झेँ बाबाआमालाई । उहाँहरूका लागि केही गर्न सकिनँ भन्ने ग्लानिले मलाई समातिरह्यो । श्रीमतीलाई सम्झेँ बारम्बार अनि दुई छोराहरूलाई पनि । अब यत्तिकैमा मरेँ भने उनीहरूले कति दु:ख पाउलान् भनेर कल्पिँदा रातभरि निद्रा लाग्दैनथ्यो । कमाउन भनेर आएको मान्छे, ऋण तिरिनसक्दै यति नराम्रो भुमरीमा परेको थिएँ । मैले पनि मृत्युको छायालाई देखेँ । मैले पनि मृत्युको आभास राम्रैसँग पाएँ ।
 
अनि एक दिन टेलिभिजनमा डाक्टर चित्रसँग दिलभूषण पाठकले गरेको कुराकानी हेरेँ/सुनेँ । आफ्नो रोग र कष्टका बारे हाँसीहाँसी कुरा गरिरहेका डाक्टर चित्र छोराछोरीको प्रसंग आउनेबित्तिकै बेस्सरी भक्कानिनुभयो । त्यो अनुभूति आफैँले पनि गर्नुपरेकाले हुन सक्छ, मैले उहाँको ठाउँमा आफूलाई राखेर हेरेँ । मेरो पनि आँसु थामिन सकेन । आँसुका थोपा परेलीको डिल भत्काएर बग्दै गए । अप्रत्यक्ष रूपमै भए पनि म डाक्टर चित्रसँग थिएँ । उता टेलिभिजनको पर्दामा उहाँले आँसु पुछ्नुभयो, यता मैले सिरानीमा मुख जोतेर आँसु लुकाउने कोसिस गरेँ ।

आखिर एक दिन उहाँले हामीलाई छाडेर जानुभयो । यो खबर सुनेर मलाई आफू पनि त्यही बाटोमा पालो कुरेर बसिरहेको मान्छे हुँ जस्तो लागिरह्यो । जीवनको क्षणभंगुरताका बारेमा मलाई राम्रैसँग थाहा छ, तर एकएक पाइला गर्दै, थकाइ मार्दै अनि अट्टहास गर्दै आफूतिर लम्किँदै आइरहेको मृत्युको सामना गर्नुपर्दाको अनुभव शब्दमा लेखिनसक्नु छ ।
सन्धिखर्कमा रहँदाबस्दाका सम्झनाहरू समेटेर कुनै दिन संस्मरणात्मक निबन्धहरूको सँगालो तयार पार्नुपर्ला भन्ने सोचेको थिएँ, धेरै अगाडिदेखि । केही शीर्षक छानेको पनि थिएँ । त्यहाँ डाक्टर चित्रका बारेमा पनि केही लेख्नेबारे सोचेको थिएँ । उहाँका बारेमा कुनै दिन यसरी यहाँ केही लेख्नुपर्ला भनेर चाहिँ मैले कहिल्यै सोचेको थिइनँ ।
मलाई अझै पनि एउटा प्रश्नले बारम्बार हिर्काइरहन्छ । त्यो के भने, सामान्य मजदुरहरू परेका बेलामा एकअर्कालाई सहायता गर्न दिलोज्यानले लागेका हुन्छन् । देशकै शिक्षित वर्ग भनेर चिनिने डाक्टरहरूमा त्यति गुण या ज्ञान छैन होला र ? मानवताको सेवामा लागिपरेका डाक्टरहरू किन आफ्नै सहकर्मीको दुर्दशामा रमिते बनेर बसे होलान् ? हुन त यसको जवाफ पनि छ । डाक्टर चित्रले चाकडी र चाप्लुसीमा जिन्दगी बिताउनुभएको भए सायद सरकारका मान्छेहरू उहाँका लागि अगाडि सर्थे, उहाँका साथीहरू उहाँलाई हौसला दिन तत्पर हुन्थे । व्यक्तिगत रूपमा त धेरैले उहाँका लागि गरे होलान्, तर संस्थागत हिसाबले गरेको भए उहाँका लागि धेरै अर्थपूर्ण हुने थियो र सायद सम्भावनाहरूमा अनेक फेरबदल पनि हुन सक्ने थियो ।
डाक्टर चित्रके बारेमा यति लेखिरहँदा, उहाँका कमीकमजोरी नै थिएनन् त भन्ने प्रश्न जरुर उठ्ला । थिए उहाँका पनि कमजोरीहरू । किनकि उहाँ पनि कुनै देवता हुनुहुन्थेन । उहाँ पनि मान्छे नै हुनुुहुन्थ्यो । अर्घाखाँचीमा विशेष गरीकन औषधि माफियाहरूलाई उहाँले चाहेको भए रोक्न सक्नुहुन्थ्यो भन्ने गुनासो सुनिन्छ । निजी क्लिनिक चलाइरहेकाहरू जनस्वास्थ्यसँग खेलबाड गर्दै पैसा कमाउने होडबाजीमा लागेको उहाँले पनि देख्नुभएको हुँदो हो । जनरल मेडिकल, प्याथोलोजी र एक्सरे सेन्टरहरूले एउटा बिरामीलाई अनावश्यक रूपमा एकअर्काको क्लिनिकमा सिफारिस गरेर पालैपालो लुटिरहेको पनि उहाँलाई अवगत थियो होला । उहाँले तिनीहरूको जालो तोड्न सक्नुभएन भन्ने कुरा पनि गर्छन् कतिपय मानिसहरू । तर सबभन्दा ठूलो उहाँको कमजोरी उहाँ स्वयं अनि उहाँको आफ्नो कर्तव्य नै थियो । किनकि उहाँले अरूको स्वास्थ्यका बारेमा ख्याल गरिरहँदा आफ्नै स्वास्थ्यको ख्याल कहिल्यै गर्नुभएनछ । यदि त्यस्तो हुन सकेको भए उहाँलाई लागेको रोग एकै पटक शरीरभरि संक्रमण भएर उहाँलाई सिध्याउने चरणमा सायद पुग्दैनथ्यो ।
कहिलेकाहीँ कुनै बिरामीसँग या कुनै बिरामीलाई भेट्न जिल्ला अस्पताल गएका बेला मध्यरातमा पनि डाक्टर चित्रलाई वार्डहरूमा घुमिरहेको देख्थ्यौँ हामी । चस्मा शिरमा अड्याएर, निद्राले सताएका राताराता आँखा लिएर उहाँ बिरामीहरूलाई छुँदै हिँडेको मैले धेरै पटक देखेको थिएँ । सबैसँग मीठो स्वरमा बोल्दै, सबैलाई समय दिँदै अनि बिरामीका कुरुवाहरूसँग पनि अत्यन्तै आत्मीयता देखाउँदै उहाँ अस्पतालभरि घुम्नुहुन्थ्यो ।
अहिले त सबै सपना जस्तै लागिरहन्छ ।



साहित्य

साहित्य


cate

मेरो मोटरसाइकलको लभ


नानी मेरो मोटरसाइकल तिम्रो स्कुटीमा भुतुक्कै भाको छ टोलाईबस्छ आजकाल, ज्वरो आको छ कि मोहनी लाको छ एकोहोरो भाको छ बेस्कन तेल खाको छ अनि दिनभरी तिम्रो पछिपछि धाको छ बाटोको हेक्कै छैन तिम्रो स्कुटी हेर्दै हिँड्छ कहिले नालीमा सुत्न गाको छ कहिले काँन्लाबाटै बुकुर्सि खाको छ लौन नानी यो त आजकाल बौलाहा भाको छ […]
cate

अमेरिकामा ८०औं वासु शशी जयन्ति सम्पन्न


वाशिंटनडिसी,नेपाली साहित्यका मूर्धन्य साहित्यकार वासु शशीको ८०औं जन्म जयन्ती अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा मनाइएको छ । सो अवसरमा नेपाली दूतावासका इकोनामिक काउन्सिलर कैलाश राज पोखरेलले प्रमुख अतिथिको आसनवाट वोल्दै साहित्यकार वासु शशीको जन्म जयन्तीका अवसरमा आफू सँलग्न हुन पाएकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै वासु शशीको चिनारी नयाँ पुस्तालाई दिन तथा उहाँको योगदान प्रकाश पार्न […]
cate

राष्ट्रिय कविता महोत्सवमा सिन्धुलीय प्रथम


यस वर्षको राष्ट्रिय कविता महोत्सवमा सिन्धुलीका कवि प्रोल्लास सिन्धुलीयको ‘गाउँको बुद्धालय’ शीर्षकको कविता प्रथम भएको छ । प्रतियोगितामा पाँचथरका सरस्वती दुमी राईको ‘आमा जाँतो र मेरो जिन्दगी’ द्वितीय, बझाङका सोझो गाउँलेको ‘तातो बालुवामा छाती धसिसकेका जिन्दगी’, तनहुँका सुदेश सत्यालको ‘जन आवाज’, महोत्तरीका राजु स्याङ्तानको ‘एउटा दासको घोषणापत्र’ तृतीय भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा […]
cate

मदनकृष्ण श्रेष्ठको आत्मकथा प्रकाशित हुदै


नेपाली हास्यव्यंग्य एबम कलाकारिताको क्षेत्रमा राम्रै जमेका कलाकार हुन् हरिबंस र मदन कृष्ण यानिकी मह जोडी | सबैलाई चकित बनाउने उनीहरुको मित्रता छ | यी दुबैको जीवनका भोगाइ हरु केहि -केहि मिलेपनि वास्तविक जीवनका घटना हरु फरक पनि हुन सक्छन | हरिबंस आचार्यले आफ्नो जीवनका आरोह अबरोहलाइ पुस्तक मार्फत सार्बजनिक गरिसकेका छन | र हरिबंसको […]
cate

आमाको पीडा


              जननी आमा तिमी जन्माएर गयौ किन लालन पालन नगरी अन्तरध्यान भयौ किन तिमी रोईरहिछ्यौं कताकता हामी टुलुटुलु हेरीरहेछौ तिमीलाई तिम्रै आसुको साहारामा बाँचीरहेछौं तर हामी हाँसीरहेछौं तिमी रोईरहिछ्यौं। धिक्कार छु म आफैलाई दुधको भारा तीर्न सकिन तिम्रै लागि बाँच्छु भने सुख सयल दिन सकिन कतै छैन तिमीलाई सुख एश अनि आराम धुजा धुजा तिम्रै तन पारी सक्यौ तेरो […]
cate

‘जापानको भिषा नविकरण नहुने भएपछि’


मैले पढेको डायरी-भाग-२ -सतिस भट्टराई २००८ को अप्रिल महिनामा म विद्यार्थी भिषामा जापानको नागोया भने ठाउँमा गएको थिए, २ वर्ष भाषा अध्ययन गरे पछि म सेन-मोन स्कूलमा भर्ना भए, मलाई पढाई भन्दा पैसाको बढी आवश्यकता भएको हुदा म स्कूल नगएर धेरै जस्तो काम नै गर्थे । भन्नु पर्दा २ वर्षमा म ३ महिना पनि स्कूल […]
cate

अब ट्रकमै थिएटर


अक्सर रंगमञ्चमा के हुन्छ ? आरोहण गुरुकुलले ५० को दशकयता काठमाडौंमा नाटक देखाउनुअघि केही नियम सूत्रबद्ध गरेको थियो, हलभित्र खासखुस गर्न नपाइने । खानेकुरा खान, मोबाइलमा कुरा गर्न, फोटो खिच्दा फ्ल्यास दिन नपाइने । यो गर्न पाइने, त्यो गर्न नपाइने । गुरुकुलपछि खुलेका थिएटरले पनि यस्तो नियम चलाउने नै भए । माइक्रोफोनबिना मञ्चमा बोल्ने कलाकारलाई […]
cate

कविता :एकै दिनको


तिम्रा मेरा नाता फिक्का चिनाजानी एकै दिनको लाग्थ्यो लेनदेन के नै छ र आनिबानी एकै दिनको चित्त दुखाई रुवाई दिएँ, पोले थेन तिमी रुँदा बरु सोचेँ तिम्रा आँशु कृतिम पानी एकै दिनको सम्झनलाई के नै छ र तिम्रा मेरा बिचका कुरा सोच्थेँ छिट्टै भुलाई दिन्छु कुराकानी एकै दिनको तिम्री संगी भेट हुँदा ठट्यौली मै सोधेँ […]
cate

छैटौँ राष्ट्रिय कला प्रदर्शनी वैशाख २ देखि १६ गतेसम्म


नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नाफाले आगामी वैशाख २ देखि १६ गतेसम्म छैटौँ राष्ट्रिय कला प्रदर्शनी गर्ने भएको छ । गत वैशाखको भूकम्पले नाफाको भवनमा क्षति पु¥याएकाले यस पटकको कला प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्मा हुने छ । प्रदर्शनीमा समसामयिक र परम्परागत चित्र र मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला, प्रतिस्थापन कला, फोटोग्राफी, व्यङ्ग्यचित्र आदि गरी २७७ थान कलाकृति […]
cate

कविता-मृत्युको डर


    मृत्युको डर उसलाई थाहाछैन मरेपछि के हुन्छ पाप कर्मले नरक पुगिन्छ कि ? मृत्यु पछि स्वर्ग पुग्ने भए चरम मोजमस्ती हुने भए तिमी अरुलाई मार्दैनथ्यौ मृत्युको कारण बन्दैनथ्यौ प्रत्येक पल मरि मरि तिमी अरुलाई बचाउथ्यौ हातमा रेखा कोरि कोरि खड्गो आफैलाई पार्थ्यौ ग्रहदशा आफ्नै बिगार्थ्यौ भविष्यको चिन्ता गर्दैनथ्यौ कमान्डो फोर्स चाहिन्नथ्यो न्यायालय पनि […]
cate

तस्बिर आफै बोल्छ


मेरो छुटिएका ओठ भाव र कर्तब्य एक म उहिँ पुरानै तरिकामा व्यवहार सिकाइमा बडो स्नेह मायालु र कोमल भावना संगै दाँतका पंति देखाउँदै ओठमा मुस्कान बोकी हिड्दै गर्दा पहिलो भेटमा नै तिमि धनवान भएकि थियौ म गुणवान भएको थिए निरन्तर त्यो अनन्त यात्रासम्म म तिम्रा उदासी आङ्मा घाम कठिनाइमा प्रकृति ओखती र भाव युक्त पहिचान […]
cate

दुईसय ग्रामको मुटु आठ-दश केजीको भइदिन्छ !


यी दिन र रातलाई भाग लगाउने घडीको पेन्डुलम झैँ एकनास नचल्ने यो जीवन कहिले कहिँ दुईसय ग्रामको मुटु फुट्ला झैँ आठ,दश केजीको भइदिन्छ एक नासमा चलेको धड्कन निशासिदै भासिन खोज्छ यो भौतिक शरीर त्यहि जिउँदो लास झैँ मरेको सरा बनि दिन्छ प्रेमभावहरु पनि बंसाई सर्छन क्यारे कोमल मन पनि तारेभिर थामेर बसेको ढुङ्गा झैँ साह्रो […]
cate

‘मैले पढेको जापान डायरी’


-सतिस भट्टराई *( हात को घडी हेर्दै ) दिउसोको १२ बजेर ३२ मिनेट गएको रहेछ, सबै कागज पत्र तयारी अवस्थामा हुनाले कुनै झन्झट बिना गन्तव्य सम्म पुग्न सहज हुन्छ। हतार हतार गर्दै (जेलखाना)को प्रवेशद्वार तर्फ लम्कन के खोजेको थिए । पहिलो ढोकाबाट आवाज आउछ। हजुर के काम थियो होला ? मैले :- नमस्कार सर भन्दै […]
cate

बसन्तको बहार सँगै सौन्दर्यता घोली आयो


…. मुक्तक ….. चारैतिर रङ्गीचङ्गी होली आयो होली आयो बसन्तको बहार सँगै सौन्दर्यता घोली आयो जता ततै गाउ बस्ती घर-आँगन् खुशीयाली सद्भाव भाईचाराको बन्द ढोका खोली आयो -मान बहादुर के.सी –
cate

कविताको माध्यमबाट सामाजिकीकरण गर्नुपर्छ:कवि


विश्व कविता दिवसका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कवि गोष्ठीमा २८ कविले आआफ्ना कविता वाचन गर्नुभयो । कविता वाचन गर्नेमा बेञ्जु शर्मा, कर्णाद महर्षि, धु्रव मधिकर्मी, जय छाङ्छा, राधेश्याम लेकाली, सुरेश किरण, गीता कार्की, जयन्ता पोखरेल, मोदनाथ मरहट्टा, रक्ष राई, गोपाल राई, प्रभात पोखरेल लगायत हुनुहुन्थ्यो । युनेस्कोको अगुवाइमा सन् १९९९ मा फ्रान्सको राजधानी पेरिसमा […]

About Me

#new #garib #vlogvideoshort #poorman #funny #comedy #vlog #videos #khambubohara Maile tapailai Hasaunako lagi Ramailo Videos Haru Banauchhu. Keep Supported Me. Vloger Name : Khambu Bohara YouTube Name : Garib Vlog YouTube link : ���� https://www.youtube.com/@khambubohara1997 Address : Rukum, Nepal ���� Temporary Address : From : America ���� Austin Texas Tiktok : ���� www.tiktok.com/@khambuvai Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Personal Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Instragram : ���� https://www.threads.net/@khambubohara2054 Now : Like, Comment, Shanre & Subscribe For More Videos. Thank You So Much For Supporting Me. �� Flow Me : Please : 1,Subscribe✅ 2,Like�� 3,Comment�� 4,Share �� Keep Supporting Everyone.Thank You So Much For Watching Everyone Don't Forget To Likes Comments Share And More Than Subscribe��

RIP

RIP

केही पत्रिकाहरु

www.bbc.co.uk/nepali www.gorkhapatraonline.com http://www.annapurnapost.com/ www.newsofnepal.com www.nagariknews.com http://aahasanchar.com