‘वाग्मती ब्लुज’ ल्याउँदै विजय
श्रावण २२, २०७३- कवि विजय हितानले नयाँ कविता संग्रह ‘वाग्मती ब्लुज’ ल्याउने भएका छन् ।
वातावरण साहित्य सिर्जना गर्दै आएका हितानले पर्यावरण क्षेत्रको विनासलाई चित्रण गरिएका कविता संग्रहमा समेटेको बताए । ‘समग्र भूगोलमा परेको समस्याबाट थोरै भए पनि जनचेतना जनाउन कृति लेखेको हुँ,’ उनले भने ।
हितानले बेलायतबाट युनिभर्सिटी शिक्षा हासिल गरेका हुन् ।
उनले यसअघि विछोडअघिको रात कविता संग्रह, थकित पृथ्वी कथा संग्रह, जयबहादुर हितान व्यक्तित्व कृतित्वजस्ता कृति सार्वजनिक गरिसकेका छन् ।
http://bit.ly/2aQiEXu