>

Showing posts with label अर्थ. Show all posts
Showing posts with label अर्थ. Show all posts
कक्षा १२ विज्ञानमा ७३.७७ प्रतिशत उत्तीर्ण

कक्षा १२ विज्ञानमा ७३.७७ प्रतिशत उत्तीर्ण

कक्षा १२ विज्ञानमा ७३.७७ प्रतिशत उत्तीर्ण

श्रावण २३, २०७३- राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कक्षा १२ को विज्ञान र संस्कृत (वेदविद्याश्रम) विषयको नतिजा आइतबार सार्वजनिक गरेको छ ।
गत बैशाख दोस्रो सातादेखि भएको  परीक्षामा विज्ञान समूहबाट नियमित र आशिंक गरी ५० हजार ३ सय ८४ जनाले परीक्षा दिएका छन् ।
नियमिततर्फ सहभागी ४० हजार ६ सयमध्ये २९ हजार ९ सय ५२ परीक्षार्थी उत्तीर्ण छन् । यो उत्तीर्ण संख्या ७३ दशमलब ७७ प्रतिशत हो ।
त्यसैगरी आंशिकतर्फ सहभागी ९ हजार ७ सय ८१ मध्ये ४ हजार ४ सय १४ जना उत्तीर्ण छन् । यो ४५ दशमलब १३ प्रतिशत हो ।
नतिजालाई बोर्डको वेबसाइट एनईबी डट जीओभी डट एनपीमा हेर्न सकिने छ । त्यस्तै, नेपाल टेलिकमको १६०१ मा डायल गरेर एसएमएस मार्फत जानकारी लिन सकिने छ ।

प्रकाशित: श्रावण २३, २०७३


http://bit.ly/2aEoyOk
आजै बाधा अड्काउ फुकाउने आदेश अनुमोदन हुँदै    ‘सदन सरकार बनाउन र गिराउन व्यस्त: बाढी डुबान र पहिरोले जनता बिचल्ली’

आजै बाधा अड्काउ फुकाउने आदेश अनुमोदन हुँदै ‘सदन सरकार बनाउन र गिराउन व्यस्त: बाढी डुबान र पहिरोले जनता बिचल्ली’

निजामती सेवाको युनियन राजनीति

रामचन्द्र गौतम   परापूर्वकालदेखि नै राज्य सञ्चालनका क्रममा शक्ति पृथकीकरणको रूपमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको स्थान राज्य सञ्चालनमा महìवपूर्ण रहेको छ ।  कार्यपालिकाभित्र पनि निजामती सेवाको स्थान विशिष्ट रहेको छ ।  निजामती सेवाको सम्बन्धमा विभिन्न विचार, दृष्टिकोण प्रकट गरिएका छन् ।  के–कस्ता र कुन क्षेत्रमा सेवा प्रदान गर्ने निकाय निजामती सेवा हो...

राजनीतिक चुनौती कम छैनन्

गोकर्ण अर्याल वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी गरिए पनि त्यसभन्दा फरक ढङ्गबाट नयाँ सरकार गठन हुने मार्ग तय भएको छ ।  वर्तमान सरकारमा प्रमुख साझेदार दलका रूपमा रहेको नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकार अल्पमतमा परेपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्दछ...

मुलुक विकासमा सुशासनको भूमिका

नवराज भट्टराई    सुशासन विधिको शासन हो । सरकारले गर्ने राज्यको प्रबन्ध तथा शासन सञ्चालनसम्बन्धी काम तथा शैली नै शासन हो ।  नागरिक तथा जनसमुदायले आफ्नो चाहनालाई अभिव्यक्त गर्ने आफ्ना अधिकार र कर्तव्य उपभोग गर्ने तथा यिनीहरूबीचको भिन्नताबीच मध्यस्थता गर्ने, विभिन्न विधि, प्रक्रिया, सम्बन्ध तथा संरचनाको जटिलतम रूप हो यो । शासनले राम्रो र नराम्रो सबै विधिलाई समेटेको हुन्छ...

आर्थिक विकासमा ह्रासोन्मुख वन क्षेत्रको योगदान

दधिराम अर्याल    प्रकृतिविना मानव जीवन सम्भव छैन ।  वन र वनबाट प्राप्त हुने वस्तु प्राकृतिक सम्पदामध्ये पहिलो प्रमुख सर्वश्रेष्ठ सम्पदा हो ।  वनविना पृथ्वीको कल्पनासम्म गर्न सकिँदैन ।  भौगोलिक विविधताको कारण नेपाल वन सम्पदामा धनी छ ।  केही दशक पहिले यसलाई हरियो वन नेपालको धन भनेर पनि प्रष्ट्याउने गरिन्थ्यो ।  नेपाल प्राकृतिक स्रोतसाधनमा विश्वकै एक धनी राष्ट्र हो...

बदलिँदो विश्व अर्थराजनीति र युवा

डा. चन्द्रमणि अधिकारी       आज समाज बदलिँदैछ, प्रविधिमा परिवर्तन आएको छ ।  मान्छेको चेतनास्तर फरक भएको छ ।  सूचना प्रविधिमा अकल्पित प्रगति भएको छ ।  हवाइ र रेलयात्राका क्षेत्रमा तीव्रगतिका साधनहरूको विकास हुंदैछ ।  चीनको साङ्घाई–माग्लेभ रेलको अधिकतम गति प्रतिघन्टा ४५० किमि र औसत गति २५१ किमि छ ।  २०० किमि प्रतिघण्टाभन्दा बढी कुद्ने रेलहरू त युरोपमा छ्याप्छ्याप्ति...
पर्सा– नाबालिका बलात्कार

पर्सा– नाबालिका बलात्कार

पर्सा– नाबालिका बलात्कारको अभियोगमा प्रहरीले एक जना ७२ वर्षीय पुजारीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।GARBHA
पर्साको जगरनाथपुर गाविसमा रहेको हनुमान मन्दिरमा पुजारी रहेका ७२ वर्षीय रामदेव दासलाई १४ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जनाएको छ ।
मन्दिरमा भात पकाउने काम गर्दै आएकी नाबालिकालाई विभिन्न प्रलोभनमा पारी पुजारीले बलात्कार गरेको र उनका अभिभावकले दिएको उजुरीका आधारमा रामदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । पुजारी दासले बालिकालाई लामो समयदेखि गर्दै आएको यौन उत्पीडनबाट उनी गर्भवती समेत भएको स्वास्थ्य परीक्षणबाट देखिएको उपरीक्षक श्रेष्ठले बताए ।
बालिकाको स्वास्थ्य परीक्षण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गराइएको र परीक्षण रिपोर्ट आएपछि थप जानकारी दिन सकिने उपरीक्षक श्रेष्ठले जानकारी दिए । अभिभावकले उजुरी दर्ता गराएपछि पुजारी दास लुक्दै आएकामा उनलाई दुई दिन अगाडि जगरनाथपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पाली युवा गुलाबी बाकसमा फर्किए...


सरकारले अफगानिस्तानको राजधानी काबुलमा बम आक्रमणमा मारिएका आफ्ना नागरिकको शव नेपाल ल्याएको छ।
सरकारले नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर बुधबार अपरान्ह आफ्ना १२ जना नागरिकको शव स्वदेश ल्याएको हो । अफगानिस्तानस्थित क्यानेडियन राजदूतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत १२ जना नेपाली असार ६ गते काबुल नजिकै गराईको आत्मघाती बम आक्रमणमा मारिएका थिए ।
बम आक्रमणमा काठमाडौंका हरिबहादुर बरूवाल क्षेत्री, विदुरबहादुर सुवेदी क्षेत्री र चन्द्रबहादुर राना मगर,  नुवाकोटका डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला र लिलबहादुर गुरुङ, लमजुङका अमृतबहादुर थापा, चितवनका कृष्णबहादुर ढुंगाना, स्याङ्जाका सुकबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्र सिंह थापा, पर्वतका नविनबहादुर क्षेत्री र सुनसरीका अकुर तामाङको मृत्यु भएकामा सरकारले मृतकहरुको शव त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाटै परिवारको जिम्मा लगाएको छ।
शव बुझ्नेक्रममा विमानस्थलमा रूवाबासी चलेको थियो। मृतकका परिवारका सदस्यहरु डाँको छोडेर रोए ।
शव बुझ्न मृतक जितेन्द्रसिंह थापाकी पत्नी सञ्चिता लामा चार महिने काखे बालक च्यापेर विमानस्थल पुगेकी थिइन् । पहिला पनि तीन वर्ष अफगानिस्तान बसेका जितेन्द्रसिंह कमाइ राम्रो हुने र ब्रिटिश कम्पनीमा सुरक्षा चुनौती नरहेको भनेर आश्वस्त तुल्याउँदै सुत्केरी सञ्चितालाई छोडेर दोस्रो पटक अफगानिस्तान गएका थिए। तर, घटनाको अघिल्लो दिन भोलि कुरा गरौंला भनेर फोन राखेका जितेन्द्रसिंह सञ्चितासँग कहिल्यै कुरा गर्न नसक्ने गरी बाकसमा फर्किए।
सञ्चिता जितेन्द्रसिंहकी कान्छी पत्नी हुन् । दोस्रोपटक अफगानिस्तान जानु पहिले जितेन्द्रसिंहले भारतीय सेनामा काम गरेर पेन्सन पकाएका थिए। बम आक्रमणमा परी घाइते भएका ७ जनालाई भने उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ। काबुलस्थित साब्रे इन्टरनेष्नल नामक ब्रिटिश कम्पनीमा सुरक्षा गार्डका रुपमा कार्यरत नेपालीहरु कम्पनीबाट मिनीबसमा दूतावास जाने क्रममा जलालावाद रोडमा आतंककारीहरुको निशानामा परेका थिए।  
तालिवानको आक्रमणमा मारिएका १२ युवा कार्यरत कम्पनीकै २४ युवालाई पनि उद्धार गरी ल्याइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री शक्ति बस्नेत र श्रम मन्त्री दीपक बोहोरासहित विसिष्ट व्यक्तिहरू अहिले त्रिभुवन विमानस्थलमा पुगेका छन्। उनीहरू मध्ये तीन जनाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएका छन्। दिब्यबहादु सुवेदी, चन्द्रबहादुर राना र मधुसुदन कोइरालाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो।
हेर्नुहोस् फोटो र भिडियोमा

प्रकाशित मिति: बुधबार, आषाढ ८, २०७३ १९:०७:५२


प्रतिकृया दिनुहोस

अर्थ

अर्थ


cate

आर्थिक पुनरुद्धार कोषले अर्थमन्त्रालायसँग माग्यो ५० अर्ब बजेट

आर्थिक पुनरुद्धार कोषले अर्थ मन्त्रालयसँग ५० अर्ब बजेट माग गरेको छ । भूकम्प र नाकाबन्दीबाट पीडित उद्योगी व्यवसायीलाई राहत दिने उद्देश्यले स्थापना यो कोषले व्यवसायीहरुलाई राहतका लागि रकम माग गरिएको कोषका संयोजक तथा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले जानकारी दिनुभयो । कोषले काम सुरु गरेसँगै भूकम्प र नाकाबन्दीबाट प्रभावित बनेका व्यवसायीहरुले ढिलै भएपनि सरकारी […]
cate

नयाँ आर्थिक बजेट जेठ १५ भित्रै

सरकारले नयाँ आर्थिक वर्षको बजेट आउँदो जेठ १५ भित्रै ल्याउने तयारी गरेको छ । आर्थिक वर्षको अन्त्य (असार मसान्त) मा बजेट ल्याउने पुरानो परम्परा तोड्दै सरकारले डेढ महिनाअघि नै बजेट ल्याउने तयारीमा लागेको हो । नयाँ संविधानमा गरिएको व्यवस्थाले पनि चाँडै बजेट ल्याउनलाई सघाउ पुर्याएको हो । संविधानमा जेठ १५ भित्र नयाँ आर्थिक वर्षको बजेट […]
cate

नुवाकोटमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय स्थापना

 नुवाकोटमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय स्थापना भएको छ । नुवाकोट र रसुवा हेर्ने गरी आजदेखि विदुरस्थित जिविसको एक कोठामा उपक्षेत्रीय कार्यालय स्थापना गरिएको हो । उपक्षेत्रीय कार्यालयमा निमित्त उपक्षेत्रीय प्रमुखसहित दुई जना कर्मचारी रहेका छन् । कर्मचारी अभावमा जिल्लामा गत फागुन १२ गते नै उपक्षेत्रीय कार्यालय स्थापना गर्ने भनिए पनि स्थापना हुन सकेको थिएन […]
cate

यस वर्ष तीन र आउँदो वर्ष ४.८ प्रतिशतको आर्थिकवृद्धि

एसियाली विकास बैंक (एडिबी)ले एसियाली मुलुकको समग्र विकास परिदृश्य बुधबार काठमाडौंमा सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आवको उत्तराद्र्धको प्रारम्भमा भूकम्प जाँदा आर्थिक वृद्धिमा कमी आई तीन प्रतिशतमा सीमित भएको जनाउँदै उक्त बैंकले आगामी आवमा गरिने पुनर्निर्माण र व्यापार तथा पारवहनमा हुने सुधारबाट नेपालको आर्थिक […]
cate

केही दिनका लागि वैदेशिक रोजगारी खुला

गत फागुन २१ गतेदेखि कामदार विदेश पठाउन बन्द गरेका वैदेशिक रोजगार कम्पनीहरुले केही दिनका लागि भिसा प्राप्त भएका कामदारलाई विदेश पठाउन सहमत भएका छन् । त्यसो त संघले आन्दोलन गरे पनि व्यवसायीहरुले एकल रुपमा कामदार विदेश पठाउने काम गर्दै आएका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी फागुन २२ गतेदेखि […]
cate

नामार्जुन जलविद्युत् आयोजनामा छवटा बैंकले लगानी गर्ने

हिमालय हाइड्रोपावरले निर्माण गर्न लागेको नामार्जुन जलविद्युत् आयोजनामा जनता बैंकको अगुवाइमा विभिन्न छवटा बैंकले लगानी गर्ने भएका छन् । कास्कीको नामार्जुन गाविसमा आयोजना स्थल रहेको सो आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, कैलास विकास बैंक, विभोर विकास बैंक, त्रिवेणी विकास बैंक र काष्ठमण्डप बैंकले संयुक्तरुपमा लगानी गर्ने भएका छन् । लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा आज […]
cate

बूढीगण्डकी जलबिद्युत् आयोजना : काम थोरै, हल्ला धेरै

गोरखा र धादिङको सीमा भइ बगिरहेको बूढीगण्डकी नदीमा जलाशययुक्त बाँध बनाएर एक हजार २०० मेगावाट बिद्युत् उत्पादन गर्ने तयारी भएपनि आयोजना क्षेत्रमा तीव्ररुपमा काम अघिबढेको छैन । सो आयोजना कुन मोडल (विकास समिति कि कम्पनी)अनुसार बनाउने टुङ्गो लागेको छैन । यद्यपी आयोजनाले प्रभावित बनाउने जिल्लाका १४ गाविस र धादिङका १३ गाविसमा जग्गा किनबेच कारोबार भने […]
cate

बर्दियामा निर्माणाधीन दुई पक्की पुल जोखिममा

बर्दियामा निर्माणाधीन दुई पक्की पुल जोखिममा परेका छन् । सडक डिभिजन कार्यालय नेपालगंजले निर्माण गरिरहेका गुलरिया मगरागडी हुँदै पुर्व पश्चिम महेन्द्र राजमार्ग जोड्ने बबई नदीमा अवस्थित जब्दीघाट पुल र सुर्यपटुवा हुँदै पर्यटकीय क्षेत्र डल्लागाउँ, ठाकुरद्वारा जोड्ने औराही खोलामा निर्माणाधीन पुल डिभिजन कार्यालयको लापरवाहीका कारण जोखिममा परेका हुन् । बबई नदीमा भरिएको बालुवा नहटाउँदा वर्षामा जब्दीघाट पुलमाथिबाटै नदी […]
cate

एप्पलविरुद्धको मुद्दा फिर्ता

सान बर्नाडिनोका आतंकवादी साइद रिजवान फारुकले प्रयोग गरेको आइफोनका तथ्याङ्कसम्म उसले पहुँच प्राप्त गरेको अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआइले जनाएको छ । अमेरिकी न्यायधिवक्ता आइलिन डेकरले एउटा तेश्रो पक्षले, भण्डारण भएका तथ्याकं नगुम्ने गरी आइफोन अनलक गर्न मन्त्रालयलाई मद्दत गरेको बताए । यसअघि एप्पलले खतरनाक नजिर बस्न सक्ने भन्दै उक्त अनुसन्धानमा सघाउन नसक्ने बताएको थियो […]
cate

पुनःनिर्माणमा थप सहयोग गर्न एडिबी तयार:उपाध्यक्ष झाङ

एसियाली विकास बैंक एडिबीका उपाध्यक्ष वेनचाई झाङले नेपाल सरकारले चाहेको खण्डमा भूकम्पपछिको पुनः निर्माणमा थप सहयोग उपलब्ध गराउन तयार रहेको बताउनुभएको छ । बैंकका तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नेपालले आवश्यक ठानेको खण्डमा पुनःनिर्माणमा लागि करिब रु छ अर्ब थप सहयोग गर्न तयार रहेको बताउनुभयो । भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण र पीडितलाई राहत दिने […]
cate

इन्टरनेटको जमानामा हुलाकी राजमार्ग निर्माण हुलाकको चिठी जस्तै

मुलुकको सबभन्दा ठूलो र व्यस्त पूर्व पश्चिम राजमार्गको विकल्पका रुपमा सन् २००० देखि निर्माण आरम्भ सुरु गरिएको हुलाकी राजमार्ग निर्माणकार्य प्रगति भने अत्यन्तै सुस्त देखिएको छ । व्यवस्थापिका संसदको विकास समितिको सोमबारको बैठकमा हुलाकी राजमार्गको प्रगतिको गयति अति सुस्त भएपछि यसबारेमा सम्बन्धित निकायका अधिकारीहरुसंग छलफल गरेको छ । बैठकले हुलाकी राजमार्ग निर्माणका लागि बजेट, समन्वय […]
cate

कर नतिर्ने विदेशी लगानी चाहिदैन : विमल कोइराला

नेपाल भित्रिएका विदेशी लगानीका कम्पनीले हामीलाई कर नतिर्ने हो भने ती कम्पनीहरु नेपालमा नचाहिने पूर्व मुख्य  सचिव विमल कोइरालाले बताउनु भएको छ । सुशासनका लागि नागरिक अभियान कार्यक्रममा बोल्दै उहाँले एनसेल बिक्रीमा कर प्रकरणले हाम्रो शासन व्यवस्थामा खस्कँदो अवस्थालाई इंगित गरिरहेको बताउनुभयो । यो विषय नेपाली जनताले जान्नु पर्ने विषय भएको भन्दै उहाँले एनसेल बिक्रीमा […]
cate

नेपालमै पहिलो पटक उखु खेतीको बेर्ना तयार पार्न सुरु

नेपालमै पहिलो पटक उखु खेतीको बेर्ना तयार गर्नका लागि कञ्चनपुरको देखतभूली–६ तिलकीका कृषकले ‘चिप कटर’ प्रविधि भित्र्याएका छन् । प्रविधि अन्तर्गत् उखुको आख्ला मेसिनको सहायताले काटी ग्रिनहाउसमा पोलिमर ब्यागमा राखी बेर्ना तयार गर्ने कार्य त्यहाँका कृषकले गरेका छन् । ग्रिनहाउसमा पोलिमर ब्यागमा राखिएका आख्लाबाट १० हजार उखुका बेर्ना तयार गरिएको इटाहा विपद् व्यवस्थापन समितिका सचिव […]
cate

पेट्रोलियम पदार्थको अभावमा निगम नै आश्चार्यमा

पुष्पा के.सी. भारतको नाकाबन्दीका कारण केही महिनादेखि धेरै नेपालीहरु ग्यास, पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक वस्तु किन्नका लागि लाइनमा छन् । यो क्रम हट्यो भनिएपछि केही सहज भयो । तर, पुनः पेट्रोल भर्ने लाइन सुरु भएको छ । केही दिन यतादेखि सहज भएको पेट्रोलियम पदार्थमा फेरि अभाव देखिएको छ । यो अभाव कृतिम हो कि प्राकृतिक […]
cate

पुनः निर्माणका लागि बजेट निकासा सुरु

भूकम्प गएको ११ महिनापछि राष्ट्रिय पुननिर्माण प्राधिकरणले विभिन्न मन्त्रालय र सरकारी निकायलाई पुनः निर्माणको रकम निकासा दिन सुरु गरेको छ । शुक्रबार ६ वटा निकायलाई पुनः निर्माण प्राधिकरणले ४ अर्ब २७ करोड रुपैयाँ निकासा गरेको हो । प्राधिकरणसँग पुनः निर्माणका लागि प्राप्त भइसकेको ६५ अर्ब मध्ये ६९ अर्ब ४६ करोड रुपैयाँ अझै निकासा गर्न बाँकी […]

About Me

#new #garib #vlogvideoshort #poorman #funny #comedy #vlog #videos #khambubohara Maile tapailai Hasaunako lagi Ramailo Videos Haru Banauchhu. Keep Supported Me. Vloger Name : Khambu Bohara YouTube Name : Garib Vlog YouTube link : ���� https://www.youtube.com/@khambubohara1997 Address : Rukum, Nepal ���� Temporary Address : From : America ���� Austin Texas Tiktok : ���� www.tiktok.com/@khambuvai Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Personal Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Instragram : ���� https://www.threads.net/@khambubohara2054 Now : Like, Comment, Shanre & Subscribe For More Videos. Thank You So Much For Supporting Me. �� Flow Me : Please : 1,Subscribe✅ 2,Like�� 3,Comment�� 4,Share �� Keep Supporting Everyone.Thank You So Much For Watching Everyone Don't Forget To Likes Comments Share And More Than Subscribe��

RIP

RIP

केही पत्रिकाहरु

www.bbc.co.uk/nepali www.gorkhapatraonline.com http://www.annapurnapost.com/ www.newsofnepal.com www.nagariknews.com http://aahasanchar.com