निजामती सेवाको युनियन राजनीति
रामचन्द्र गौतम परापूर्वकालदेखि नै राज्य सञ्चालनका क्रममा शक्ति पृथकीकरणको रूपमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको स्थान राज्य सञ्चालनमा महìवपूर्ण रहेको छ । कार्यपालिकाभित्र पनि निजामती सेवाको स्थान विशिष्ट रहेको छ । निजामती सेवाको सम्बन्धमा विभिन्न विचार, दृष्टिकोण प्रकट गरिएका छन् । के–कस्ता र कुन क्षेत्रमा सेवा प्रदान गर्ने निकाय निजामती सेवा हो...
राजनीतिक चुनौती कम छैनन्
गोकर्ण अर्याल वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी गरिए पनि त्यसभन्दा फरक ढङ्गबाट नयाँ सरकार गठन हुने मार्ग तय भएको छ । वर्तमान सरकारमा प्रमुख साझेदार दलका रूपमा रहेको नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकार अल्पमतमा परेपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्दछ...
मुलुक विकासमा सुशासनको भूमिका
नवराज भट्टराई सुशासन विधिको शासन हो । सरकारले गर्ने राज्यको प्रबन्ध तथा शासन सञ्चालनसम्बन्धी काम तथा शैली नै शासन हो । नागरिक तथा जनसमुदायले आफ्नो चाहनालाई अभिव्यक्त गर्ने आफ्ना अधिकार र कर्तव्य उपभोग गर्ने तथा यिनीहरूबीचको भिन्नताबीच मध्यस्थता गर्ने, विभिन्न विधि, प्रक्रिया, सम्बन्ध तथा संरचनाको जटिलतम रूप हो यो । शासनले राम्रो र नराम्रो सबै विधिलाई समेटेको हुन्छ...
आर्थिक विकासमा ह्रासोन्मुख वन क्षेत्रको योगदान
दधिराम अर्याल प्रकृतिविना मानव जीवन सम्भव छैन । वन र वनबाट प्राप्त हुने वस्तु प्राकृतिक सम्पदामध्ये पहिलो प्रमुख सर्वश्रेष्ठ सम्पदा हो । वनविना पृथ्वीको कल्पनासम्म गर्न सकिँदैन । भौगोलिक विविधताको कारण नेपाल वन सम्पदामा धनी छ । केही दशक पहिले यसलाई हरियो वन नेपालको धन भनेर पनि प्रष्ट्याउने गरिन्थ्यो । नेपाल प्राकृतिक स्रोतसाधनमा विश्वकै एक धनी राष्ट्र हो...
बदलिँदो विश्व अर्थराजनीति र युवा
डा. चन्द्रमणि अधिकारी आज समाज बदलिँदैछ, प्रविधिमा परिवर्तन आएको छ । मान्छेको चेतनास्तर फरक भएको छ । सूचना प्रविधिमा अकल्पित प्रगति भएको छ । हवाइ र रेलयात्राका क्षेत्रमा तीव्रगतिका साधनहरूको विकास हुंदैछ । चीनको साङ्घाई–माग्लेभ रेलको अधिकतम गति प्रतिघन्टा ४५० किमि र औसत गति २५१ किमि छ । २०० किमि प्रतिघण्टाभन्दा बढी कुद्ने रेलहरू त युरोपमा छ्याप्छ्याप्ति...