>

Showing posts with label अर्थ. Show all posts
Showing posts with label अर्थ. Show all posts
कक्षा १२ विज्ञानमा ७३.७७ प्रतिशत उत्तीर्ण

कक्षा १२ विज्ञानमा ७३.७७ प्रतिशत उत्तीर्ण

कक्षा १२ विज्ञानमा ७३.७७ प्रतिशत उत्तीर्ण

श्रावण २३, २०७३- राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कक्षा १२ को विज्ञान र संस्कृत (वेदविद्याश्रम) विषयको नतिजा आइतबार सार्वजनिक गरेको छ ।
गत बैशाख दोस्रो सातादेखि भएको  परीक्षामा विज्ञान समूहबाट नियमित र आशिंक गरी ५० हजार ३ सय ८४ जनाले परीक्षा दिएका छन् ।
नियमिततर्फ सहभागी ४० हजार ६ सयमध्ये २९ हजार ९ सय ५२ परीक्षार्थी उत्तीर्ण छन् । यो उत्तीर्ण संख्या ७३ दशमलब ७७ प्रतिशत हो ।
त्यसैगरी आंशिकतर्फ सहभागी ९ हजार ७ सय ८१ मध्ये ४ हजार ४ सय १४ जना उत्तीर्ण छन् । यो ४५ दशमलब १३ प्रतिशत हो ।
नतिजालाई बोर्डको वेबसाइट एनईबी डट जीओभी डट एनपीमा हेर्न सकिने छ । त्यस्तै, नेपाल टेलिकमको १६०१ मा डायल गरेर एसएमएस मार्फत जानकारी लिन सकिने छ ।

प्रकाशित: श्रावण २३, २०७३


http://bit.ly/2aEoyOk
आजै बाधा अड्काउ फुकाउने आदेश अनुमोदन हुँदै    ‘सदन सरकार बनाउन र गिराउन व्यस्त: बाढी डुबान र पहिरोले जनता बिचल्ली’

आजै बाधा अड्काउ फुकाउने आदेश अनुमोदन हुँदै ‘सदन सरकार बनाउन र गिराउन व्यस्त: बाढी डुबान र पहिरोले जनता बिचल्ली’

निजामती सेवाको युनियन राजनीति

रामचन्द्र गौतम   परापूर्वकालदेखि नै राज्य सञ्चालनका क्रममा शक्ति पृथकीकरणको रूपमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको स्थान राज्य सञ्चालनमा महìवपूर्ण रहेको छ ।  कार्यपालिकाभित्र पनि निजामती सेवाको स्थान विशिष्ट रहेको छ ।  निजामती सेवाको सम्बन्धमा विभिन्न विचार, दृष्टिकोण प्रकट गरिएका छन् ।  के–कस्ता र कुन क्षेत्रमा सेवा प्रदान गर्ने निकाय निजामती सेवा हो...

राजनीतिक चुनौती कम छैनन्

गोकर्ण अर्याल वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी गरिए पनि त्यसभन्दा फरक ढङ्गबाट नयाँ सरकार गठन हुने मार्ग तय भएको छ ।  वर्तमान सरकारमा प्रमुख साझेदार दलका रूपमा रहेको नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकार अल्पमतमा परेपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्दछ...

मुलुक विकासमा सुशासनको भूमिका

नवराज भट्टराई    सुशासन विधिको शासन हो । सरकारले गर्ने राज्यको प्रबन्ध तथा शासन सञ्चालनसम्बन्धी काम तथा शैली नै शासन हो ।  नागरिक तथा जनसमुदायले आफ्नो चाहनालाई अभिव्यक्त गर्ने आफ्ना अधिकार र कर्तव्य उपभोग गर्ने तथा यिनीहरूबीचको भिन्नताबीच मध्यस्थता गर्ने, विभिन्न विधि, प्रक्रिया, सम्बन्ध तथा संरचनाको जटिलतम रूप हो यो । शासनले राम्रो र नराम्रो सबै विधिलाई समेटेको हुन्छ...

आर्थिक विकासमा ह्रासोन्मुख वन क्षेत्रको योगदान

दधिराम अर्याल    प्रकृतिविना मानव जीवन सम्भव छैन ।  वन र वनबाट प्राप्त हुने वस्तु प्राकृतिक सम्पदामध्ये पहिलो प्रमुख सर्वश्रेष्ठ सम्पदा हो ।  वनविना पृथ्वीको कल्पनासम्म गर्न सकिँदैन ।  भौगोलिक विविधताको कारण नेपाल वन सम्पदामा धनी छ ।  केही दशक पहिले यसलाई हरियो वन नेपालको धन भनेर पनि प्रष्ट्याउने गरिन्थ्यो ।  नेपाल प्राकृतिक स्रोतसाधनमा विश्वकै एक धनी राष्ट्र हो...

बदलिँदो विश्व अर्थराजनीति र युवा

डा. चन्द्रमणि अधिकारी       आज समाज बदलिँदैछ, प्रविधिमा परिवर्तन आएको छ ।  मान्छेको चेतनास्तर फरक भएको छ ।  सूचना प्रविधिमा अकल्पित प्रगति भएको छ ।  हवाइ र रेलयात्राका क्षेत्रमा तीव्रगतिका साधनहरूको विकास हुंदैछ ।  चीनको साङ्घाई–माग्लेभ रेलको अधिकतम गति प्रतिघन्टा ४५० किमि र औसत गति २५१ किमि छ ।  २०० किमि प्रतिघण्टाभन्दा बढी कुद्ने रेलहरू त युरोपमा छ्याप्छ्याप्ति...
पर्सा– नाबालिका बलात्कार

पर्सा– नाबालिका बलात्कार

पर्सा– नाबालिका बलात्कारको अभियोगमा प्रहरीले एक जना ७२ वर्षीय पुजारीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।GARBHA
पर्साको जगरनाथपुर गाविसमा रहेको हनुमान मन्दिरमा पुजारी रहेका ७२ वर्षीय रामदेव दासलाई १४ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जनाएको छ ।
मन्दिरमा भात पकाउने काम गर्दै आएकी नाबालिकालाई विभिन्न प्रलोभनमा पारी पुजारीले बलात्कार गरेको र उनका अभिभावकले दिएको उजुरीका आधारमा रामदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । पुजारी दासले बालिकालाई लामो समयदेखि गर्दै आएको यौन उत्पीडनबाट उनी गर्भवती समेत भएको स्वास्थ्य परीक्षणबाट देखिएको उपरीक्षक श्रेष्ठले बताए ।
बालिकाको स्वास्थ्य परीक्षण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गराइएको र परीक्षण रिपोर्ट आएपछि थप जानकारी दिन सकिने उपरीक्षक श्रेष्ठले जानकारी दिए । अभिभावकले उजुरी दर्ता गराएपछि पुजारी दास लुक्दै आएकामा उनलाई दुई दिन अगाडि जगरनाथपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

About Me

#new #garib #vlogvideoshort #poorman #funny #comedy #vlog #videos #khambubohara Maile tapailai Hasaunako lagi Ramailo Videos Haru Banauchhu. Keep Supported Me. Vloger Name : Khambu Bohara YouTube Name : Garib Vlog YouTube link : ���� https://www.youtube.com/@khambubohara1997 Address : Rukum, Nepal ���� Temporary Address : From : America ���� Austin Texas Tiktok : ���� www.tiktok.com/@khambuvai Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Personal Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Instragram : ���� https://www.threads.net/@khambubohara2054 Now : Like, Comment, Shanre & Subscribe For More Videos. Thank You So Much For Supporting Me. �� Flow Me : Please : 1,Subscribe✅ 2,Like�� 3,Comment�� 4,Share �� Keep Supporting Everyone.Thank You So Much For Watching Everyone Don't Forget To Likes Comments Share And More Than Subscribe��

RIP

RIP

केही पत्रिकाहरु

www.bbc.co.uk/nepali www.gorkhapatraonline.com http://www.annapurnapost.com/ www.newsofnepal.com www.nagariknews.com http://aahasanchar.com