Showing posts with label रुकुमको बारेमा. Show all posts
Showing posts with label रुकुमको बारेमा. Show all posts

रुकुम दुर्घटनाका घाइतेमध्ये दुइको मृत्यु
अपडेटः रुकुम दुर्घटनाका घाइतेमध्ये दुइको मृत्यु
1 Post Viewed : 1,737
विर बहादुर मल्ल
रुकुम सामाचार
रुकुम सामाचार
रुकुमको मुसीकोट ८ डाँरीगाउँमा जीप दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ भने अन्य चार जनाको उपचार भइरहेको छ ।
सदरमुकाम मुसीकोट खलंगाबाट साँख घोरखानीका लागी छुटेको लु १ ज २६८३ नम्बरको जिप २१ साउनको बेलुकी ६ बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मुसीकोट नगरपालिका ११ का टेकबहादुर बिक र मुसीकोट नगरपालिका १० का तिर्थ बहादुर पुन रहनुभएको छ । बिकको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो भने पुनको उपचारका लागी नेपालगञ्ज लैजादै गर्दा सल्यानको जलेखर्कमा मृत्यु भएको हो ।
घाइते हुनेमा जिप चालक मुसीकोट नगरपालिका ११ का मानबहादुर बिक, मुसीकोट नगरपालिका ९ की प्रमिला कवँर, मुसीकोट नगरपालिका १० की तुलसा कवँर र मुसीकोट नगरपालिका ११ की कल्पना घर्तीको उपचार भइरहेको छ ।
घाइते मध्ये चालक मुसीकोट नगरपालिका ११ का मानबहादुर बिकको अवस्था अझै गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागी नेपालगञ्ज पठाइएको छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
वर्षाका कारण सडक हिलाम्य भएको र सडक केही भाँसिएका कारण जीप दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।

रुकुममा कहाँ के भयो
अाज रुकुमको पहाडी क्षेत्रमा अत्यन्तै घामकाे महसुस भएकाे छ । यस वातावरणमा घुलमिल हुन अत्यन्तै नै सहज भएको यस बर्खा यामकाे धेरै समय पछी घामकाे झुल्को देखिएको छ । हुन त हामी मानिसलाइ कहिले केही गर्दा पनि पुग्दैन । तर यस समयको अवधिमा रमाइलोको क्षणकाे समय भएको छ । यस समयमा निकै नै लामो यात्रामा झन खुसीयाली छाएको पाइन्छ ।
यस बर्ष रुकुमको रमणिय ठाउहरुमा यहाँलाइ स्वागत छ । Wel Come Rukum
स्यार्पु ताल ऽ कमल ताल ऽ साइकुमारी मन्दिर ऽ अनि कलकल गर्दै बगने सानी भेरी सँगै रमाउनुहुने सम्पुर्ण रुकमेली अथवा बाहिरी मित्रजनहरुमा हार्दिक स्वागत गर्दछौ ।

चरेश सहित २ जना पक्राउ
चरेश सहित २ जना पक्राउ
रुकुममा चरेश सहित २ जना पक्राउ भएका छन् । फागुन २० गते रुकुमबाट काठमाण्डौं जादै गरेको ना. ५ ख २३९८ नम्वरको बसका यात्रु डोल्पा सर्मी गाविस ३ का २५ वर्षका देवीदत्त वुढा ७ सय ग्राम लागु औषध चरेश सहित पक्राउ परेका छन् । भने सोही दिन जिल्ला रुकुम तकसेरा गा.वि.स.वडा न ६ घर भई हाल मु.न.पा.१ पातुखोला बस्ने दिपक बुढा ७९.४३ ग्राम लागु औषध चरेश सहित पक्राउ परेका हुन् । उनले आफ्नो कोठामा चरेस लुकाईछिपाई राखेको छन भन्ने सुचनाका आधारमा प्रहरी खटाई निजको कोठा तलासी लिने क्रममा ७९.४३ ग्राम लागुऔषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । दुवै जनालाई आईबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । देवीदत्त वुढालाई दुवै जनालाई लागुऔषध ऐन २०३३ बमोजिम ६ महिना देखी २ बर्ष सम्म कैद र २ हजार देखी १० हजार रुपैया सम्म जरीवाना हुने जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिएका छन् । भने दिपक वुढालाई लागु औषध ऐन २०३३ बमोजिम १ महिना देखी १ बर्ष कैद वा १ हजार देखी ५ हजार सम्म जरीवाला हुने जनाएको छ ।रुकुम जिल्लालाई लागुऔषध मुक्त जिल्ला बनाउने अभियानका साथ जिल्ला प्रहरी कार्यालय रुकुम लागु औषध नियन्त्रण तथा फडानी अभियानमा सक्रिय रहेको छ ।
Subscribe to:
Posts (Atom)