>

Showing posts with label जन सरोकार. Show all posts
Showing posts with label जन सरोकार. Show all posts

प्रधानमन्त्री ज्यु ,खाडिको जेलमा सड्नु नपरोस !

प्रधानमन्त्री ज्यु ,खाडिको जेलमा सड्नु नपरोस !
प्रधानमन्त्री प्रचण्डलाई पत्र
सम्माननिय प्रधानमन्त्री ज्यु
 नमस्कार  !

 बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र कोर्दै छु । हुन त हजुर सामु नपुग्न सक्छ  । तर म यहि जेलबाट सडेर गयपनी जिउनेहरुले पक्कै पनी पढने  र विदेशको समस्या बुझ्ने पाउँन । म गरिबको पिडा नत घर न त घडेरी नै त्यस्तै महान सपना बोकेर पैसा कमाएर आफ्नो भबिष्य सुधार्ने महान सपना बोकेर म अहिले भन्दा करिब १८ बर्ष पहिले म खाडि मुलुकको साउदी अरब आएको थिए र मसँग कुनै सीप थिएन् । नेपालको दुर्गम जिल्ला रोल्पाको थवाङमा बालबच्चा पालन पोषण गर्न समस्या भएपछि साउदी पुगेको हुँ । म एउटा साउदी नागरिकको मझरा (भेडा हेर्ने) काम पाएको थिए । मैले ईमान्दारीताका साथ काम गरीरहेकोे थिए । मलाई मालिकको बिश्वासका कारण ९ बर्ष सम्म एउटै मालिक संग काम पनी गरेर मेरा साना सपना पनी पुरा भएका थिएन् । बर्षा मा चुहिने सानो झुपडी थियो घर बनाए र खान पुग्दैन्थयो जग्गा किनेर अन्न आफै उत्पादन गरेर खान सम्म  आत्मनिर्भर भएकै थिए । ९बर्ष सम्म एउटै मालिक संग काम गर्दा मालिकको म माथिको बिश्वास संगै भएको कारण  २ पटक सम्म छुट्टी लिएर घर पुगेर घर ब्यबस्था मिलाएर  फर्केको थिए । मलाई घर बस्न मन लाग्दथ्यो । तर गरिबी स्वदेशमै बस्न नदिएपछि  धन कमाउन  पुगेको थिए । मैले गरिब सुधार्न पहल गरिरहेको थिए । र केही सुधार पनि भएको थियो ।
साउदी पुगेर साहुको काम गर्न छोडे मेरो चुलो बल्न छोड्थ्यो । त्यही भएर विदेशीनु मेरो रहर भन्दा बाध्यता बन्यो ।  मेरो साहुको ग्यारेजमा काम गर्ने ३ जना भारतीय (केरला) पनी थिए । यउटै साहुसँग काम गर्ने भएपनी  म एउटा भेडा चराउथे अरु साथी साँहुको  ग्यारेजमा काम गर्थे । कहिले काही म बस्ने मझरा पनी जान्थे तिनीहरु । संगै काम गर्दथ्यौं  संग संगै बस्थ्यौ  । म मेरो साहु संग धेरै नजिकको भइ सकेको थिए ९ बर्ष भैसकेको थियो । बिश्वास गर्दथ्योे मलाई साहुले अनी कहिलेकाही भारतीयसँग संगसंगै पनि काम गर्ने गर्दथियौं ।   तर काम कै बारेमा अलिअली बिबाद पनी हुने हुन्थ्यो ।  म पनी कमाउन आएको उनीहरु पनी कमाउन आएको हामी मिलेरै काम गर्दथियौं । ,तर १ जना लाई साहुले आफ्नै ग्यारेजमा राख्त्यो त २ जना लाई म संगै काम दिन्थ्यो तर तिनीहरु काम गर्ने भनेर गएपनी दिनभर सुतिरहन्थे र म केहि भन्दैन्थे । अनी साहु गएर मलाई भन्थ्यो कि तिमी ३ जना किन काम  गर्दैनौं मलाई कराउथ्यो म अझै शान्त भएर बस्थे । त्यस्तै गर्दा गर्दै साहुले काम नगरेको भन्दै मेरो २ महिनाको तलब समेत काटिदियो । अनी म गरिबको पसिना बगाएको रकम मैले पाएन । त्यही विषयमा भारतीयसँग झगडा भयो र मलाई नै पहिले बेसरी कुटे भारतीयहरु । तर मैले केहि गर्न सकिन किन कि म अर्काको देश छु यहाँको कानुन उल्टो छ । म कमाउन आएको घरमा फुल जस्ता छोराछोरी र स्वास्नी छन भन्ने सोचे । मलाई अति नै कुटे र खुट्टामा हानेर ठुलो घाउ समेत भइ सकेको थियो । अनी मैले सहन सकिन । मन मुटु एकै भयो रिस थाम्न सकिन धेरै सोचे तर भएन । अन्तिममा एक भारतीयको मृत्यु भएछ । त्यो समय आउला सोचेको पनी थिइन । त्यसपछि  मलाई जेल हालियो । जेलमा हालिसकेपछि अदालतले फैसला सुनाउनु पर्नेमा जुन मृतक थियो त्यसको कोहि आफन्त आएर मुद्दा दर्ता गरेमा मात्र फैसाला हुने साउदीको कानुन भएपनि मृतकको परिवार कोही आएनन् । म गरीबका सपनाहरु जेलमा सडे ।  अदालतले पहिले भनेको ५बर्ष जेल हुन्छ  ५ बर्ष पुग्यो तर त्यति बेला सम्म पनी मृतक को कोहि नआएर भारतीय दुताबासले ५ बर्ष पुगेपछि पुन ः (केश) घटना उल्टायो ।  म जेलको जेल नै सडे समाननीय प्रधानमन्त्री ज्यू ।
अहिले ९बर्ष पुग्दा समेत मृतक का आफन्तको अनुपस्थिती भएपछि म जेलमै छु । सबैलाई थाहा छ तर  त कुनै संघ संस्था सोधपुछ गर्न आउछ त न दुताबास ।  म त एउटा सडेको जनावर भए विदेश जेलमा । घरमा भने मेरा फुल जस्ता छोरा र छोरी छन तिनको माया लाग्छ । आफ्नो गाउ घर तथा प्यारो नेपालको माया लाग्छ ।  तर अधेरा कोठाहरुमा टोलाई रहेको छु । अदालतले भन्छ तेरो दुताबास बाट केहि फाईल लेउ तब काम हुन्छ । तर मसंग नेपाली दुतावासको कसैको नम्वर छैन् र सम्पर्क बिहीन छु ।
म एउटा गाउँको मान्छे भएर होला कसैले चिन्दैन ।  तर माननीय प्रधानमन्त्रीले मलाई नचिनेपनि  चिन्नु हुन्छ मेरो गाउँ थबाङ । मलाई आश पलाएर आएको छ । हजुरले जब खाडी मुलुकमा रहेका कैदी हरुलाई निकाल्छु भनेदेखि अब मैले पुनरजिबन पाउछु कि भनेर समाननीय ज्यू । बिन्ती गर्छु– म जेलमै सढन चाहदैन । प्रधानमन्त्री ज्यू कतैकतै आशहरु आउँदै छन । कतै हजुरको भाषणले  मेरो जिबनको रक्षा हुन्छकी भनेर । म के गरौं  अदालतले फैसला त सुनाएको छैन् ।  तर को संग सम्पर्क गरौं । दुताबासमा को कहाँ छ थाहा नै छैन । सायद मलाई सडेको हेर्न चाहान्छ जस्तो लाग्छ ।  कहिले समपर्क हुदैन् दुताबासमा ९÷ ९बर्ष भइ सक्यो  म सडिसके म बाँचेर फर्कन चाहान्छु  । तर रातो बाकसको पर्खाइ त गरेको छैन होला सरकारले ! तर हजुर प्रति बिश्वास छ मलाई  । हजुर साँचिक्कै राष्ट्रप्रेमी हुनुहुन्छ जस्तो लाग्छ । नेपाल र नेपाली प्रति उत्तरदायी हुनुहुन्छ ।  मेरो पिडालाई पक्कै पनी ध्यान दिनुहुनेछ । कठै प्रधानमन्त्री ज्यू !  कति अभागी रहेछु म स–साना कोपिला छोरीछोरी  घर परिवार छोडेर बिदेशी भुमीमा आए । अल्पायु मै फाँसी चडनु पर्ने कुन कर्म लिएछु  । अन्तत ः पक्कै  हजुरले  पुनरजिवन दिनुहुनेछ बिश्वास बोकेको छु । जसरी पनी ध्यानाकर्षन हुनेछ हजुरको ।
यो कालोकोठारी बाट पक्कै पनी मुक्ति दिलाउनु हुनेछ । सम्भव नभए मेरो जन्म भुमी पाईला राख्ने सपना पुरा होला नहोला तर म यहि जेलमा सडेर गएपनी मेरो देश बाँचीरहोस ।  नेपालीहरु स्वदेशमै रोजगारी हन् ।  म जस्तै खाडिको जेलमा सड्नु नपरोस ।  मेरो अन्तिम इच्छा आफ्नो देशमा पाईला टेक्ने छ । त्यसैले समाननीय प्रधानमन्त्री, नेपालसरकार र  सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा यो कालोकोठारी बाट आशुले लेखेको पत्र पेश गर्दै बिदा हुन्छु !
उही अभागी पञ्चबहादुर  रोकामगर
कालोकोठारी हायल सेन्टर जेल
साउदी अरब

राम वि शामले रचना वाचन गर्दै

                सूचना          सूचना           सूचना

                एकल रचना वाचन  कार्यक्रम यहि मिति २०७३ साल श्रावण २९ गते बिहान ११ बजे रुकुम जिल्ला मुसिकोट नगरपालिका वडा नं. १ स्थित बालमन्दिर हलमा हुने भएको छ । सो कार्यक्रममा गितकार, साहित्यकार तथा प्रवचक राम वि शाम (साधक) ले आफ्ना रचनाहरु वाचन गर्दै हुनुहुन्छ । उपस्थित हुन सक्ने सबै जनाहरुमा गरिमामय उपस्थित लागि हार्दिक अनुरोध गर्दछाैँ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमले दुर्इ/दुर्इ महिनाको अन्तरमा महिनाको अन्तिम शनिवार आयोजना गर्देै आर्इरहेको

राप्ती साहित्य परिषद् 

जिल्ला शाखा रुकुम

About Me

#new #garib #vlogvideoshort #poorman #funny #comedy #vlog #videos #khambubohara Maile tapailai Hasaunako lagi Ramailo Videos Haru Banauchhu. Keep Supported Me. Vloger Name : Khambu Bohara YouTube Name : Garib Vlog YouTube link : ���� https://www.youtube.com/@khambubohara1997 Address : Rukum, Nepal ���� Temporary Address : From : America ���� Austin Texas Tiktok : ���� www.tiktok.com/@khambuvai Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Personal Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Instragram : ���� https://www.threads.net/@khambubohara2054 Now : Like, Comment, Shanre & Subscribe For More Videos. Thank You So Much For Supporting Me. �� Flow Me : Please : 1,Subscribe✅ 2,Like�� 3,Comment�� 4,Share �� Keep Supporting Everyone.Thank You So Much For Watching Everyone Don't Forget To Likes Comments Share And More Than Subscribe��

RIP

RIP

केही पत्रिकाहरु

www.bbc.co.uk/nepali www.gorkhapatraonline.com http://www.annapurnapost.com/ www.newsofnepal.com www.nagariknews.com http://aahasanchar.com