
काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ख ७३९१ नम्बरको बस मुग्लिनदेखि नौ किलो मिटर पर रिग्दी खोला भन्ने ठाउँ नजिक राती आड बजेर २५ मिनेटमा त्रिशुलीमा खसेको हो । ‘बसमा ११ जना भएको कुरा आएको छ । एकजना मृत फेला परेको अवस्था छ । नौजना घाइते अवस्थामा भेटिएका छन्’ चितवन जिल्ला प्रहरी कार्यालयका एसपी वसन्त कुँवरले जानकारी दिए ।
एसपी कुँवरका अनुसार एकजना यात्रु हराइ रहेको आशंका छ । बस त्रिशुली नदीमा आधा डुबेको छ । घाइतेमा एकजना महिला छन् । ‘उद्धार गरेकामध्ये धेरैलाई बसभित्रै बाट झिकेको हो’ एसपी कुँवरले भने । घाइतेहरुको चितवन भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको छ ।
सो सडक खण्डमा गएको भदौ १० गते रौतहटबाट पोखरा जाँदै गरेको यात्रु बस त्रिशुली नदीमा खस्दा २२ जनाको ज्यान गएको थियो । मुग्लिनभन्दा केही पर पृथ्वीराजमार्गको घोप्टेभिरमा पुर्व मुख्यसचिव तथा पुर्व गृहमन्त्री माधव घिमिरे चढेको जीप असोज नौ गते त्रिशुलीमा खसेर वेपत्ता भएको छ । जीपसँगै घिमिरे पनि वेपत्ता छन् भने तीनजनाको घटना स्थलमै निधन भएको थियो ।
www.khambubohara.blogspot.com