>

अमितबाबुको स्वरमा दशै गित रोए सबै

दिपक बोहरा / दाङ १७ असोज ।  पछिल्लो समय उदाउदा गायकको नाम हो , अमित बाबु रोकाय । उनले देश  तथा बिदेशमा रहेर बिभिन्न लोग तथा दोहोरी गीत संगीत बजारमा ल्याएका छन् । नेपालमा छदा पनि दर्जनौ गीतमा आवाज , शब्द तथा लय दिएका गायक रोकाय पछिल्लो समय बिदेशमै रहेर पनि थुप्रै नेपाली गीत संगीत बजारमा ल्याएका छन् । जसबाट  प्रस्ट हुन्छ की नेपाली लोक संस्कृति प्रति अमित बाबुको माया र सदभाब । उनले पछिल्लो समय नेपालीहरुले बिदेशमा भोगेका पीडाहरुलाई समेटेर पनि थुप्रै गीत बजारमा ल्याएका छन् । यसै सन्दर्भमा उनले हिन्दु नेपालीहरुको महानपर्ब बिजयादशमी तथा शुभदिपालीको अबशरमा एउटा गीत भखरै बजारमा ल्याएका छन् । उनले ‘गाउमा जाने यस्तै भयो’ बोलको गीतमा आवाज दिएका छन् ।  जुन गीतमा प्रदेशमा रहेका नेपालीहरुले गाउघरमा हर्षउल्लासका साथ मनाईने दशै तिहारमा घर आउन नपाउदाको बिलौना गरिएको छ । छारा  बोला आमाले भन्छिन रे सानु पनि आउने दिन गन्छिन रे गाउमा जाने त्यस्तै भयो कमाई नी छैन के गर्नु कठै मेरी उनलाई चोली लाने त्यस्तै भयो  आफ्नो श्रीमान नहुदा दशै तिहार नुन बिनाको तरकारी जस्तै भएको दुखेसो पोखिएको छ । सबैका श्रीमान चाड पर्बमा घर आउने बेलामा आफ्नो श्रीमान बिदेशमा पसिना बगाउन बाध्य पारिदाको पिडा गीतमा प्रस्तुत छ । मनको पिडा मनैमा राखि अझै कति पर्खिउमा अभागी छुटि पाएनौ र फेरी दशै तिहार आई सक्यो , छुटि पाएनौ र फेरी चाहिदैन चोली , तिमी फर्किआउ म रुदै तिमी आउने बाटो हेरी ।  सोही गीतलाई तिलाम ढकालले बुर्तिबाङ म्युजिक प्रालिद्धारा बजारमा ल्याएका हुन् । गीतमा अमित बाबु रोकाय र देवी घर्तीले श्वर दिएका छन् । गीतमा श्वर  दिएका रोकाय भन्छन् यो गीत नेपालमा रोजगारी नपाउदा  बिदेशीनु परेको बाध्यत्मक परिस्थिती र घरमा आँमा अनी आफ्नी प्यारी श्रीमतिले पोखेको पिडा समेटिएको छ । भाडा छैन आउ सानु क्यारी बस तिमी आँसु भेल नझारी  जब प्रदेशीलाई घरको यादले झलझल्ति सताउछ तब उसले आफ्नो वरिपरी जे देख्छ सबै बिरानो ठान्छ । र त भन्ने गर्छ : भए देखी प्रदेशी सानु गाउ घर सम्झि भाछु म बिरानो  जीवन संगी संगीनी बिचको यति माया हुन्छ त्यो शब्दमा भन्न सकिदैन् , तर त्यही माया आफु देखी धेरै टाठा भयो  भने त्यो पिडा सिमित मनमा गुम्सिएर बसेको हुन्छ , जुन दिन देखी आफ्नो जीवन साथी साथमा रहदैन त्यस दिन सम्म उ एक्लो हुन्छ । उसलाई कसैको शाहारा नपाएको आभास हुन्छ । जुन दिन देखी छोड्याथ्यौ प्यारा त्यही दिन देखी भाकि छु बेसारा  उसलाई शिर्फ जहिले मेरो प्यारा आउछ त्यही दिन लामो समय सम्म भेट नहुदाको दुःख पिडा साटासाट गरौला भन्ने आश संगालेर बसेको हुन्छ । उ मनमनै भन्छ ‘उफ दिन पनि कति लामो भएको , रात पनि किन ढिला बितेको   कहिले आउछन मेरा प्यारा  । ’ यस्तै यस्तै कुराहरु मनमा तरंगीत हुन्छन् । उनी आउने दिन गन्दै बस्छन । यो साल म त झेट होला भनेर बसेकी छु आउने दिन गनेर  जुन गीतमा तिलाम ढकालले लय र शब्द गरेका छन् भने सारीका र किशोरले मोडलको भुमिका निर्बाहा गरेका छन् । को हुन अमित बाबु रोकाय  पछिल्ला समयमा श्रोता तथा दर्शकहरुले पनि अत्याधिक रुचाएका पात्रका रुपमा चिनिन्छन् अमित बाबु रोकाय । रुकुमको स्यालापाखा ३ छिङ् जन्म घर भएका रोकाय २०७० साल देखी नियमित गीत संगित क्षेत्रमा क्रियासिल छन् । उनको गीत संगीतमा लाग्ने सानै देखीको शोख थियो र त अहिले उनी देश बिदेशमा जहाँ रहेपनि गीत संगीत क्षेत्रमै क्रियाशिल छन् । उनी भन्छन् ‘ न त संगीतलाई बर्सन सक्छु न त संगीत देखी भागेर बस्न सक्छु । मेरा लागी गीत संगीत अजर बनेको छ । ’ उनीले आफ्नो गीत संगीतको यात्रा दशै गीत बाटै शुरुवात गरेका थिए । उनले आफ्नो पहिलो गीतका रुपमा ‘दशै आयो तिहारै आयो फेरी नी ’मा आवाज भरेका थिए । त्यस यता देश तथा बिदेशबाट भएपनि नियमित गीत संगीतमा सक्रिय बनेका अमितका थुप्रै गीत चर्चित बनेका छन् । उनका आमा तिमे्रा दुधको भारा , यो साल पनि नबसे मेरै बाटो हेरी , गयो माया खेर , टाढा नजाउ कान्छु , तिम्रै बाटो आँसु पिउला बरु , आँखा भरी आशु टिलपिल , प्रदेशीको माया , मेरो केही छ्रैन् , तिम्रो माया लगायतका गीत चर्चित छन् । आमा शुसिला रोकाय र बुवा कमानसिंह रोकायका कान्छा शुपुत्र अमितबाबुका ४ भाईबहिनी छन् । दशै गीतको भिडियो हेर्नुहोस ।