>

गाेरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर सम्पर्कविहीन

गाेरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर सम्पर्कविहीन

श्रावण २४, २०७३- गोरखाको फिलिमबाट काठमााडैं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर  सम्पर्कबिहीन भएको छ । काठमाडौं बिमानस्थल आउन १६ किलोमिटर बाँकी हुँदा हेलिकप्टर सम्पर्कविहीन भएको हो ।
फिस्टेल एयरको अल्फा किलो अल्फा नाइनएन एकेए साइन भएको हेलिकप्टर सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन हेलिकप्टर गोर्खा पुगेको थियो । हेलिकप्टरमा एक बालकसहित ५ यात्रु छन् । हेलिकप्टर क्याप्टेन रञ्जन लिम्बुले चलाएका थिए ।
हेलिकप्टर हराएकाे अाशंका गरिएकाे बेतिनी क्षेत्र ।
हेलिकप्टर १२ बजेर २२ मिनेटदेखि सम्पर्कबिहीन भएको त्रिभुवन बिमानस्थलका फ्लाइट डिपार्टमेन्ट प्रमुख सुधीर चौधरीले जानकारी दिए । उनले हेलिकप्टर नुवाकोट क्षेत्रमा आइपुगेर सम्पर्कविहीन भएकाले त्यस क्षेत्रमा खोजी कार्य सुरु गरिएको बताए ।
सम्पर्कबिहीन बनेको हेलिकप्टरको खोजीमा गएको मनाङ एयरको अर्को हेलिकप्टर भारी वर्षाको कारण फर्किएको छ भने फिस्टेलकै अर्को हेलिकप्टर खोजीका लागि पठाइएको छ ।
चौधरीले नुवाकोटको बेतिनी जंगलमा धुँवा आइरहेको अपुष्ट खबर प्राप्त भएको बताए ।
प्रकाशित: श्रावण २४, २०७३