>

Showing posts with label विचित्र. Show all posts
Showing posts with label विचित्र. Show all posts
सेक्सी लुकका लागि

सेक्सी लुकका लागि

श्रावण १८, २०७३ 
युवतीहरू हट एन्ड सेक्सी देखिन रुचाउँछन्, तर त्यसका लागि पहिरन पनि हट खालको हुनुपर्छ भने त्यो पहिरनबाट झल्कने छाला पनि साइनिङ हुनु आवश्यक छ ।

फेसन ट्रेन्डमा हट साइड क्लिवेज

फेसन ट्रेन्ड हरेक मौसममा परिवर्तन हुन्छ । हिजोआज साइड क्लिवेज देखाउने फेसन हट ट्रेन्ड भएको छ । ठूल्ठूला पार्टी, समारोह वा रेड कार्पेट फेसन, हरेक स्थानमा यो शैली देख्न पाइन्छ । हट देखिन साइड क्लिवेज त क्यारी गरिन्छ, तर आफ्नो छालामा ध्यान दिनु पनि आवश्यक छ । कारण यदि छाला साइनिङ छैन भने सेक्सी देखिन सकिँदैन ।

ट्रेन्डमा छ बिकिनी वेक्स

बलिउडदेखि हलिउडसम्मको पर्दामा देखिने अभिनेतृहरूको छाला चम्किलो देखिन्छ । उनीहरूका हरेक अङ्ग प्राकृतिक रूपमै यति धेरै सुन्दर छन् भन्ने पक्कै होइन । उनीहरू आफ्नो छालालाई सुन्दर बनाउन वेक्सदेखि बिकिनी वेक्ससम्म गराउँछन् । वेक्स प्राय: सबै महिलाले गराएको पाइन्छ तर हिजोआज बिकिनी वेक्सको चलन पनि बढ्दो छ । यो वेक्सले शरीरबाट नचाहिने रौंलाई पूर्णरूपले हटाउँछ । ब्युटिसियनको भाषामा शरीरका गुप्ताङ्गहरूको वेक्सलाई नै बिकिनी वेक्स भनिन्छ ।

बिकिनी वेक्सबाट ब्युटिफुल स्किन

साधारणतया पहिले–पहिले ब्युटिपार्लरहरूमा यो सुविधा उपलब्ध हुँदैनथ्यो, तर हिजोआज ठूला पार्लरहरूमा बिकिनी वेक्सको सुविधा उपलब्ध हुन्छ । कतिपय महिलाले हाइजिनका लागि यो उपाय अवलम्बन गरिरहेको पाइन्छ भने कतिपयले शारीरिक सम्बन्धमा नयाापन र रोमाञ्चकता सञ्चार गर्न यो उपाय अपनाउँछन् । यसलाई फुल ब्राजिलियन वेक्सिङ पनि भनिन्छ ।

हट हाउटफिट्स

चलचित्र अभिनेतृहरूको यो ट्रेन्ड हिजोआज आमयुवतीले अँगाल्न थालेको पाइन्छ । कलेज गल्र्सले गुड लुकिङका लागि बिकिनी वेक्स गराएको पाइन्छ । मोडल तथा अभिनेतृको जस्तो पहिरन क्यारी गर्न यसो गर्नु आवश्यक रहेको उनीहरूको धारणा छ । एकातिर जहाँ युवतीहरू वेस्टर्न आउटफिट लगाउन यसो गर्छन् भने कतिपय महिला आफ्नो पार्टनरको दबाबमा त्यसो गरेको बताउँछन् ।

बिकिनी वेक्सको प्रयोग

बिकिनी वेक्समा शरीरको हरेक भाग चकलेट वेक्सबाट सफा गरिन्छ । यसबाट शरीर रौंरहित हुन्छ र छाला मैनजस्तै नयाँ भएर चम्किन थाल्छ । नियमित वेक्स गराउनाले पीडा कम हुन्छ । यसको प्रभाव एक महिनासम्म कायम रहन्छ ।

सावधानी

बिकिनी वेक्स जहिले पनि विशेषज्ञको निगरानीमा गराउनुपर्छ । कारण केही अङ्ग धेरै संवेदनशील हुन्छन् । एउटा सानो गल्तीले चिकित्सककहाँ जानुपर्ने अवस्था सिर्जना हुन सक्छ । अत: पर्याप्त सतर्कता अपनाउनु आवश्यक छ ।



नेपालमै पहिलो पटक रुकुमको भेरी नदी किनारमा जलेवाले बच्चा कोरल्यो

खम्बु बोहरा । चिसो मौसममा बसाईसरी आउने हिउदे आगन्तुक चरा जलेवाको पहिलो गुँड तथा प्रजन्न नेपालमा पत्ता लागेको संरक्षण कर्मीहरुले वताएका छन ।



हिउँद यामको सुरुवात सँगै बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाँड र तराईका विभिन्न ताल, तलैया र ठुला नदीहरुमा बसाई सरी आउने यस चराको प्रजन्न नेपालमा पहिलोपटक जाजरकोटको रग्दा र रुकुम जिल्लाकोे भेरी नदी किनारमा फेला परेको संरक्षण कर्मीले वताएका छन ।

नेपाल पन्छी संरक्षण संघ र जिल्ला पशुसेवा कार्यालय जाजरकोटका पशुस्वास्थ्य प्राविधिक गोबिन्द बहादुर सिंहको टोलीले जाजरकोटको उक्तरी बारेकोट क्षेत्रमा दुर्लभ गिद्ध र चिरकालीजको बासस्थान अनुगमनका क्रममा जलेवाको बासस्थान फेला पारेको वताईको छ ।

समुन्द्र सतहबाट करीव १२५० मिटरमा अवस्थित उक्त स्थानमा जलेवाका आँठ ओटा गुँड भेटीएको अनुसन्धानमा संगलग्न सिंहले बताए । नेपालमा भदौ मध्य देखी चैत सम्ममा देखीने हिउदे आगन्तुकको रुपमा चिनीएको यस पक्षीले नेपालमा संभवत पहिलो पटक गुँड बनाई चल्ला कोरलेकोे नेपाल पन्छी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्रमान बाबु प्रधानले बताए ।

खाँसगरी उत्तरी धुर्वमा हिमपातको सुरुवातसँगै अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजिमा नेपाल आउने जलेवाले उक्त क्षेत्रमा भने गुँड बनाई बच्चा कोरलीरहेको छ । उत्तरी मुलुकहरु रुस, चीन, मङ्गोलीयाका साथै युरोप, कोरीया तथा तिब्बती क्षेत्रहरुबाट नेपालमा आउने जलेवा ताल र ठुला नदीहरुमा बस्ने विज्ञहरुले वताएका छन ।

जाजरकोटको उत्तरी बारेकोट क्षेत्रमा लोपोन्मुख गिद्ध, विश्वमै दुर्लभ र नेपालको वन्यजन्तु ऐनद्धारा संरक्षित पक्षी चीर कालीज, डाँफे, मुनाल लगायतका बिश्वमै दुर्लभ चराहरुको बासस्थान भएकोले बर्डलाईफ इन्टरनेशनलको मापदण्ड अनुसार चरा र जैवीक विविधताकालागि महत्वपुर्ण क्षेत्र घोषण गर्न लागिएको नेपाल पन्छी संरक्षण संघले वताएको छ ।

जाजरकोट नेपालको मध्य पहाडमा गँुड बनाई बस्ने चार प्रजातीका गिद्ध मध्ये चारै प्रजातीका सुन, सेतो, हिमाली र हाडफोर गिद्धको बासस्थान भएको अनुसन्धानमा संग्लग्न नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले जानकारी दिए ।

माछाहरुलाई प्रमुख आहार बनाउने जलेवा करीव ८० देखी १०० से.मी सम्मको हुन्छ । बढी कालो र खैरो हुने यो चराले समुहमा गुँड बनाउने गर्दछन । विश्वमा पाईने ३३ प्रजातीका जलेवा मध्ये नेपालमा तिन प्रजातीका जलेवा पाईन्छन । नेपालमा हालै यस चराले चल्ला कोरलेको पत्ता लाग्नुले पनि नेपालमा भौगोली विकटताका र बासस्थानमा रहेको बिविधिकरणका कारण चराहरु सम्बन्धी अझै धेरै तथ्यहरु पत्ता लाग्न नसकेको झल्काउछ । -सत्यसामाचारको सङगालो रुकुम अनलाइन

स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान

स्याङजा- प्रहरी नियन्त्रणमा रहेकी महिलाले पेटको गर्भ आफ्नै छोराको हो भनेर बयान दिएपछि एकाएक तातेको स्याङ्जा अहिले केही शान्त भएको छ । दुई चारजना भेट हुने बित्तिकै चर्चा र गफको विषय बनेको स्याङजाको पछिल्लो घटनाबाट प्रहरीले पनि हात झिकेको छ । पत्याउन गार्‍ह्रो हुने यो घटनामा प्रहरीले छानबिन र मुद्दा दर्ता गर्न नमिल्ने भएपछि घटनाले अर्का मोड लिएको हो ।




स्याङजाको खिलुङ देउराली गाविस वडा नं. ५ घर भएका ससुरा तिलबहादुर गोदारले आफ्नै बुहारी शीतली भनिने पूर्णकुमारी गोदारलाई गर्भ बोकाएको बयानका आधारमा ससुरा बुहारीलाई वडा प्रहरी कार्यालय वालिङ्ले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । महिलाले शुक्रबार राती एकाएक बयान फेरेको र आफ्नै छोराको गर्भ रहेको थप बयान दिएको भन्दै प्रहरीले राती नै शितलीको १४ बर्षे छोरालाई नियन्त्रणमा लिएर ससुरालाई छाडेपछि स्थानीयबासिन्दाले शनिबार दिनभर वडाप्रहरी कार्यालय वालिङ घेरेका थिए । ससुराले बुहारीलाई गर्भ बोकाएको बयानलाई प्रहरीले रातारात फेरेको भन्दै चर्को आन्दोलनमा स्थानीय उत्रेपछि घट्नाले अर्को मोड लिन पुगेको थियो ।

पछि ससुरालाई नियन्त्रणमा लिने र बालकलाई छाडिदिने सहमति भएको थियो । सरकारी वकिलको कार्यालयले प्रहरीले यो घटना हेर्न नमिल्ने जनाउ दिएपछि दुवैथरी अदालत जाने गरी सोमबार ससुरा र बुहारीलाई प्रहरीले छाडिदिएको छ ।

किन फेरिन महिलाले बोली ?

प्रहरी चौकी वयरघारीको रोहवरमा बसेको भेलामा बुहारी शितलीले ससुरालाई आरोप लगाइन् । ससुराले त्यसलाई स्वीकार गरेका थिए । ससुराले अब म नयाँ दुलाहा भएँ भन्दै वडा प्रहरी कार्यालय वालिङको जिपमा बसेका थिए ।

तर त्यहीदिन महिलाले बोली फेरेको र छोरालाई आरोप लगाएको भन्दै प्रहरीले अनुसन्धानको धार नै बदल्यो । आइतवार महिला अधिकारवादीहरुले गर्भ बोकेकी शितलीलाई सोधपुछ गर्दा पछि आफू सुरक्षित हुने भए घट्नाको सत्य तथ्य बताउने जनाउ दिएकी थिइन् ।

उपस्थिति सबैलाई महिला सुरक्षित हुनेमा आश्वस्त पारेपछि शितललीले भनिन् ‘गर्भ ससुराको नै हो, यसमा ढुक्क हुनुहोस ।’

छोरालाई किन त्यस्तो गम्भीर आरोप लगाएको हो त भन्ने महिला अधिकारवादीहरुको प्रश्नमा शितली बोल्नै सकिनन् । उनी निरन्तर घोप्टो मुन्टो लगाएर रोइन् मात्र ।स्थानीयबासिन्दाका अनुसार ससुराका नजिकका मान्छेले ससुरालाई आरोप लगाए छोरालाई बाँकी नराख्ने भन्दै शितलीलाई धम्की दिएपछि उनले छोरालाई नै आरोप लगाएर आफूसँगै प्रहरीमा राख्न खोजेको देखिन्छ ।

उनीहरु भन्छन् ‘सोझी र सिधा खालकी महिलालाई छोरालाई दोष लगाएमा हामी केही गर्दैनौं भनेको हुनुपर्छ ।’ अर्कातर्फ बालकले पनि प्रहरीले कुटपिट गरेपछि डराएर आरोप स्वीकार गरेको पत्रकार समक्ष रुँदै बताएका थिए ।
शितलीका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा विदेशमा छन् । उनी समेत बुबा (शितलीको ससुरा)लाई बचाउने पक्षमा रहेको स्थानीयबासिन्दाको भनाई छ ।

विवश आमाका विवश छोरा

दार्सिङ दहथुम गाविसको वयरघारीमा रहेको भुपु सैनिक माविमा कक्षा ९ मा अध्ययनरत बालक २०५६ साल पुस २९ गते जन्मिएका हुन् । पढ्नमा अत्यन्तै तेज बालक केही दिनदेखि टोलाउने र रुने मात्र गरिरहेका छन् । उनी नियमित स्कूल जान सकिरहेका छैनन् भने राम्रोसँग खान खाएका छैनन् ।अझ अचम्म त उनले विदेशमा रहेको आफ्नो बाबुलाई समेत आमाको पेटमा रहेको बच्चा मेरै हो भनेका थिए । हजुरबाका नजिकका मान्छेले यातना दिएपछि बालक त्यस्तो भन्न बाध्य भएको स्थानीयबासिन्दा बताउँछन् ।

प्रहरीले बीचमै किन छाड्यो अनुसन्धान ?
प्रहरी अधिकृतको सक्रियतामा नै अनुसन्धान शुरु गरेको भए पनि प्रहरीले एकाएक अनुसन्धान रोक्यो र हिरासतमा रहेका ससुरा तथा बुहारीलाई जिम्मा लिन आउन आफ्न्तहरुलाई बारम्बार ताकेता गर्यो । म्याद थप्न अदालत लैजाने क्रममा प्रहरीले यो घटना हेर्न नमिल्ने सरकारी वकिलको कार्यालयवाट जानकारी पाएका थियो ।हाम्रोसंदेश डटकममा खबर छ ।

प्रहरी निरीक्षक हरिकृष्ण केसीका अनुसार फौजदारी अपराध अनुसुची १ अन्तर्गतका घटनामा प्रहरीले कारवाही गर्न मिल्छ । तर हाडनाता करणी जस्तो दुनियावादी अपराधमा छानवीन गर्न मिल्दैन । निरीक्षक केसीले यो घटना सिधै अदालत जाने बताउनुभयो । प्रहरीले हात हालिसकेपछि बीचमै छाडिदिँदा घटना झनै रहस्यपूर्ण बनेको बताईन्छ । उता नाबालकलाई नियन्त्रणमा लिएर वालअधिकार हनन् गरको भन्दै जिल्ला बालकल्याण समिति स्याङ्जाले ध्यानाकर्षण गरेको छ । बाल न्याय नियमावली २०६३ मा स्पष्ट कानुनमा व्यवस्था भए अनुसार प्रहरीले बालकले गरेको कसुरलाई प्रचलित कानुन बमोजिम योग्यता पुगेको प्रहरी कर्मचारीले मात्रै यो कार्य गर्न पाउने व्यवस्था हुँदाहुँदै प्रहरीले गल्ती गरेको बालकल्याण समितिले जनाएको छ ।

About Me

#new #garib #vlogvideoshort #poorman #funny #comedy #vlog #videos #khambubohara Maile tapailai Hasaunako lagi Ramailo Videos Haru Banauchhu. Keep Supported Me. Vloger Name : Khambu Bohara YouTube Name : Garib Vlog YouTube link : ���� https://www.youtube.com/@khambubohara1997 Address : Rukum, Nepal ���� Temporary Address : From : America ���� Austin Texas Tiktok : ���� www.tiktok.com/@khambuvai Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Personal Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Instragram : ���� https://www.threads.net/@khambubohara2054 Now : Like, Comment, Shanre & Subscribe For More Videos. Thank You So Much For Supporting Me. �� Flow Me : Please : 1,Subscribe✅ 2,Like�� 3,Comment�� 4,Share �� Keep Supporting Everyone.Thank You So Much For Watching Everyone Don't Forget To Likes Comments Share And More Than Subscribe��

RIP

RIP

केही पत्रिकाहरु

www.bbc.co.uk/nepali www.gorkhapatraonline.com http://www.annapurnapost.com/ www.newsofnepal.com www.nagariknews.com http://aahasanchar.com