>

Showing posts with label फोटो फिचर. Show all posts
Showing posts with label फोटो फिचर. Show all posts

आजका तस्बिरहरू

फोटो फिचर

फोटो फिचर


cate

संचारकर्मीलाई सम्मान

रिपोर्टर्स क्लव नेपालको १८ औं वार्षिकोत्सव एवम् चौथो अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रममा क्लवद्धारा प्रकाशित संविधान र सम्वन्ध पुस्तक विमोचन गर्दै प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली तथा विषेश अतिथि सभामुख ओनसरी घर्ती मगर लगायत । कार्यक्रममा दर्जनवढी संचारकर्मीहरुलाई सम्मान गरिएको थियो । तस्बिर: नेपाल जापान डटकम
cate

घाँस काट्दै क्यान सिइओ

नेपाली क्रिकेटको जिम्मेवारी लिएकी नेपाल क्रिकेट संघ (क्यान)की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे नेपाल र नामिबियाबीच हुने वल्र्ड लिग डिभिजन क्रिकेट प्रतियोगिताका लागि मैदान मर्मतमा सहयोग गर्दै । तस्वीर सन्दीप भट्टराई, नेपाल जापान डटकम
cate

बस दुर्घटना

काठमाडौँबाट विराटनगरका लागि गुडेको ना५ख ७१८९ नम्बरको रात्रिबसले बर्दिबास नगरपालिका–११ मा विपरीत दिशाबाट उखु बोकेर आइरहेको ज१त ७०८९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिँदा सोमबार पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा भएको दुर्घटना । तस्बिर ः धनवीर महतो । महोत्तरी,रासस
cate

उत्कृष्ट विद्यार्थीहरु

नेपाकेन जापानको आयोजनामा सम्पन्न पाँचौ जापानीभाषा वक्तित्वकलाको उपाधी सहित नेपाली विद्यार्थीहरु, प्रतियोगितामा १७ जनाले अन्तिम चरणमा पुगेका थिए (पुरा समाचार) । तस्वीर: दोही ताकानोरि/नेपाल जापान डटकम
cate

जुनियर खेलाडी जापानमा

आगामी अप्रिल महिनाको पहिलो साता जापानमा हुने १२ वर्ष मुनिका अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिन टोकियो आई पुगेको नेपाली टिमलाई स्वागत पछि सामुहिक फोटो खिचाउर्दै नेपाली टोलीहरु । तस्वीर: नेपाल जापान डटकम
cate

वागमती सफाईमा राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले वागमती सफाइ महाअभियान १५० सप्ताहमा प्रवेश गरेको अवसरमा शनिबार सफाइ कार्यक्रमको शुभारम्भ हुनुहुँदै । तस्बिर, प्रदीपराज वन्त, रासस
cate

हामी सबै भाई-भाई :

विश्वमा जातीय हिँसा भड्किदै गए पछि, इटालीमा रहेका मुस्लिम, हिन्दु र क्रिस्चियन आप्रबासीहरुको गोडा धोएर जल खादै इसाई धर्म गुरु पोप फ्रान्सिस |उनले संसारमा रहेका सबै भाइ-भाइ रहेको र जुन धर्म मान्ने भए पनि भगवान सबैको समान हो भन्दै एक-अर्का बिरुद हिँसा नगर्न आग्रह गरेका छन | तस्बिर : टाइम पत्रिका
cate

पोखराको फेवाताल

पर्यटकीय नगरी पोखरास्थित फेवाताल । फेवाताल सहितका पोखराका नौवटा ताल रामसार सूचिमा सूचीकृत भएसँगै अन्तर्राष्ट्रियस्तरमा परिचित भएको छ । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस
cate

कान्ति बालअस्पतालमा ह्यारी

बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणको क्रममा कान्ति बाल अस्पतालमा रहेको बर्न वार्ड जानुभई आगोद्वारा पोलीएको बालबालिकाहरुको वारेमा जानकारी लिनुहुँदै । तस्बिर प्रदीपराज वन्त,रासस
cate

जापानमा होली

जापानमा वसोवास गर्दै आएका नेपालीहरुसंग रंग लगाएर होली मनाएपछि सामुहिक तस्वीर खिचाउदै जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी जापानवासी नेपाली युवायुवतिहरुसंग । तस्वीर: दीपकवावु नेपाल/नेपाल जापान डटकम
cate

होली रे होली

काठमाडौँको बसन्तपुरमा मङ्गलबार बिहानैदेखि रङको पर्व होलीमा विभिन्न रङ खेलेर मनाउँदै विदेशी पर्यटकका साथमा स्थानीयवासी । रासस
cate

बाघको चालमा राजकुमार ह्यारी

बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणको क्रममा सोमबार बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको टाइगर ट्यापको क्यामरामा बाघको चालमा हिँड्दै । तस्बिर, प्रदीपराज वन्त,रासस
cate

सबैलाई बाई बाई

प्रधानमन्त्री केपी शर्मा ओली जनगणतन्त्र चीनका प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा आइतबार बिहान त्यसतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
cate

बेलायती राजकुमार ह्यारी काठमाडौँमा

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार । तस्बिर, प्रदीपराज वन्त, रासस
cate

चीन भ्रमणबारे जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकलाई फागुन ७ गतेदेखि हुने आफ्नो चीन भ्रमणबारे जानकारी दिनुहुँदै । तस्बिर- प्रदीपराज वन्त, रासस

About Me

#new #garib #vlogvideoshort #poorman #funny #comedy #vlog #videos #khambubohara Maile tapailai Hasaunako lagi Ramailo Videos Haru Banauchhu. Keep Supported Me. Vloger Name : Khambu Bohara YouTube Name : Garib Vlog YouTube link : ���� https://www.youtube.com/@khambubohara1997 Address : Rukum, Nepal ���� Temporary Address : From : America ���� Austin Texas Tiktok : ���� www.tiktok.com/@khambuvai Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Personal Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Instragram : ���� https://www.threads.net/@khambubohara2054 Now : Like, Comment, Shanre & Subscribe For More Videos. Thank You So Much For Supporting Me. �� Flow Me : Please : 1,Subscribe✅ 2,Like�� 3,Comment�� 4,Share �� Keep Supporting Everyone.Thank You So Much For Watching Everyone Don't Forget To Likes Comments Share And More Than Subscribe��

RIP

RIP

केही पत्रिकाहरु

www.bbc.co.uk/nepali www.gorkhapatraonline.com http://www.annapurnapost.com/ www.newsofnepal.com www.nagariknews.com http://aahasanchar.com