>

सडक दुर्घटना रोक्न फेरी लागु भयो ‘टाइम कार्ड’ (भिडियोसहित)


सडक दुर्घटना न्यूनिकरण गर्न बन्द रहेको सवारी टाइम कार्ड (समय तालिका) लागु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मंगलबारदेखि पुनः टाईम कार्ड शुरु गरेको हो ।टाइम कार्ड सुर्खेत–जुम्ला, सुर्खेत–जाजरकोट र सुर्खेत–दैलेख सडक खण्डमा लागु भएको छ । यी सडकमा गुड्ने भाडाका सवारी साधान (जीप, बस, माइक्रो बस) लगायतले अनिवार्य रुपमा टाइम कार्ड लिनु पर्नेछ ।
जुम्ला जाँदै गरेको बस चालकलाई टाइम कार्ड दिँदै ट्राफिक प्रमुख रावल । तस्वीर ः सुशील
जुम्ला जाँदै गरेको बस चालकलाई टाइम कार्ड दिँदै ट्राफिक प्रमुख रावल । तस्वीर : सुशील
तत्कालिन जिल्ला प्रशासन कार्यालयका प्रमुख यज्ञराज बोहोरा र जिल्ला ट्राफिक प्रहरी प्रमुख कविराम सेञ्चरीको पालमा २०७२ सालमा पहिलो पटक टाइम कार्ड लागु भएको थियो । अखण्ड मध्यपश्चिम आन्दोलनका क्रममा बसपार्कमा रहेको ट्राफिक विट जलाएपछि टाईमकार्ड बन्द भएको हो ।करिव एक वर्षपछि जिल्ला ट्राफिक प्रमुख हर्कबहादुर रावलले पुनः टाइम कार्ड सञ्चालनमा ल्याएका छन् । टाइम कार्ड लागुभएपछि मुख्य तीन सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने र सडक सवारी दुर्घटनामा अझै न्यूनिकरण हुने विश्वास ट्राफिक प्रमुख रावलको भनाई छ ।टाइम कार्डमा उल्लेख भएको समयमा नै सवारी साधन गन्तव्य पुग्नु पर्नेछ । कार्डमा उल्लेख भएको समयभन्दा छिटो गए यातायात व्यवस्था अनुसार सवारी चालकलाई कारवाही गरिने प्रमुख रावलले बताए