>


यी हुन जिल्लामा उत्कृष्टको दाबीगर्ने विद्यालयहरु

तुलसी उमाविवाट २० जना एप्लसमा उत्तिर्ण
तुलसीपुर, 
३-असार /  तुलसी उच्चमावि तुलसीपुर बाट १ सय ६२ जना परिक्षार्थी मध्ये २० जना एप्लस अर्थात ९० प्रतिसत भन्दा माथि अंक प्राप्त गरेर उत्तिर्ण भएका छन् । एप्लस भनेको अतिउत्कृष्ट श्रेणी हो । त्यस्तै ९० जना विद्यार्थी ८० देखि ९० प्रतिसत नम्वर ल्याएर एग्रेडमा उत्तिर्ण भएका छन् । उक्त विद्यालयवाट ५१ जना विद्यार्थी ७० देखि ८० प्रतिसत नम्वर ल्यायर बीप्लसमा उत्तिर्ण भएका छन् ।
miss-and-mrतुलसी उमाविबाट ५० देखि ६० प्रतिसतको विचमा अंक प्राप्त गरी एक जना विद्यार्थी मात्रै सीप्लमा उत्तिर्ण भएको विद्यालयका प्राचार्य भिष्मबहादुर केसीले जानकारी दिए । तुलसी उच्च माविले उतिउत्कृष्ट श्रेणी अर्थात एप्लमा २० जना विद्यार्थी उत्तिर्ण गराएको यो पहिलो पटक हो । यो विद्यालयले आठ पटक क्षेत्रीय सिल्ड प्राप्त गरिसकेको छ । सिल्डसंगै प्रत्येक पटक जनही एक÷एक लाख रुँपैया, ध्वजा समेत प्राप्द गरिसकेको छ ।

राप्ती वाल एकेडमीको जिल्ला प्रथमको दाबी
राप्ती वाल एकेडमी तुलसीपुर ६ गाईडहरका ३१जना विद्यार्थी मध्य तीन जना एप्लस ग्रेडमा उर्तिण भएका छन् । विद्यालयका छात्र आकास सापकोटाले ३.८५ले मार्क प्राप्त गरेको विद्यालयले जानकारी दिएको छ । प्रिन्सिपल ठाकुरप्रशाद डाँगीले आकास सापकोटा जिल्लाकै उत्कृष्ट नम्वर ल्याउन सफल विद्यार्थी बनेको दाबी गरे । सापकोटाले ९६.२५ प्रतिसत ल्याएर जिल्ला प्रथम भएको दाबी गरे । राप्ती बाल एकेडमीबाट एप्लसमा २४जना र विप्लसमा ४जनाले उतिर्णगरे प्रिनसीपल ठाकुर प्रशाद डाँगीले दाविगरेकाछन ।
हिमालबाट ५ जना एप्लस
हिमाल एकेडमी तुलसीपुरवाट परिक्षा दिएका ७० जना विद्यार्थी मध्ये एप्लग्रेडमा ५ जना , ३४ जना एग्रेडमा, २२ जना बीप्लसमा , ८ जना वीग्रेडमा र एक जना सीप्लमा उत्तिर्ण भएको विद्यालयका शिक्षक शालिक वलीले जानकारी दिए । त्यस्तै पब्लिक ग्यानज्योति उच्चमावि तुलसीपुर १५ बम्नैबाट ७५ जना मध्ये एप्लेसमा एक जना उत्तिर्ण भएका छन् । एग्रेडमा ३५ जना, बीप्लसमा ३० जना र बीग्रेडमा नौं जना विद्यार्थी उत्तिर्ण भएको विद्यालयका शिक्षक वशन्त विवश आचार्यले जानकारी दिए ।
त्यस्तै ग्रेट अरनीको उच्चमावि तुलसीपुर परिक्षा दिएका ३४ जना मध्ये १० जना एग्रेड , १८ जना वि प्ल र बाँकी छ जना बी ग्रेडवाट उत्तिर्ण भएको विद्यालयका प्राचार्य मानवहादुर बस्नेतले जानकारी दिए । त्यस्तै तुलसीपुर १९ कटाँहाको न्यूशान्ति बोर्डिङ स्कूलवाट परिक्षा दिएका १९ जना मध्ये दुई जना बीप्लस र अन्य सबै बी ग्रेडमा उत्तिर्ण भएको विद्यालयका प्रिन्सिपल केशकुमार खड्काले जानकारी दिए ।
माउन्ट भ्यूबाट दुईजना उत्कृष्टताको दादी
माउन्ड भ्यू उच्चमावि घोराहीले ८४ जना मध्ये ५ जना एप्लसग्रेडमा उत्तिर्ण भएका छन् । त्यसमध्ये ३.८५ ग्रेटप्वाइन्ट एभरेज (जिपिए)मा दुई जना विद्यार्थी उत्तिर्ण भएका छन् । सञ्जिव पोख्रेर र सविन पौडेले जिल्लाकै उत्कृष्ट नम्वर प्राप्त गरेको विद्यालयका प्रिन्सिपल स्रिजन अधिकारीले जानकारी दिनुभयो ।
छात्रामा दिपशिखाको उत्कृष्टताको दाबी
दिशशिखा उच्चमावि बाट ७६ परिक्षार्थी मध्ये ४ जना एप्लस ग्रेड प्राप्त गरेका छन् । जिल्लामै छात्रा तर्फ प्रतिष्ठा वलीले ३.८जिपिए प्राप्त गरी जिल्ला उत्कृष्ट भएको विद्यालयका पिन्सिपल सञ्तोष रेग्मीले जानकारी दिए । ४० जना एग्रेडमा , एकजना सिप्लस र बाँकी सबै बीप्लस ग्रेडमा उत्तिर्ण भएका छन् । जिल्लाका अन्य कुनै पनि विद्यालयहरुले आफनो विद्यालयको परिनाम उपलब्ध गराएका छ्रैनन् ।