>

रुकुम दुर्घटनाका घाइतेमध्ये दुइको मृत्यु




अपडेटः रुकुम दुर्घटनाका घाइतेमध्ये दुइको मृत्यु


1 Post Viewed : 1,737
विर बहादुर मल्ल
रुकुम सामाचार
रुकुमको मुसीकोट ८ डाँरीगाउँमा जीप दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ भने अन्य चार जनाको उपचार भइरहेको छ ।
सदरमुकाम मुसीकोट खलंगाबाट साँख घोरखानीका लागी छुटेको लु १ ज २६८३ नम्बरको जिप २१ साउनको बेलुकी ६ बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मुसीकोट नगरपालिका ११ का टेकबहादुर बिक र मुसीकोट नगरपालिका १० का तिर्थ बहादुर पुन रहनुभएको छ । बिकको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो भने पुनको उपचारका लागी नेपालगञ्ज लैजादै गर्दा सल्यानको जलेखर्कमा मृत्यु भएको हो ।
घाइते हुनेमा जिप चालक मुसीकोट नगरपालिका ११ का मानबहादुर बिक, मुसीकोट नगरपालिका ९ की प्रमिला कवँर, मुसीकोट नगरपालिका १० की तुलसा कवँर र मुसीकोट नगरपालिका ११ की कल्पना घर्तीको उपचार भइरहेको छ ।
घाइते मध्ये चालक मुसीकोट नगरपालिका ११ का मानबहादुर बिकको अवस्था अझै गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागी नेपालगञ्ज पठाइएको छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
वर्षाका कारण सडक हिलाम्य भएको र सडक केही भाँसिएका कारण जीप दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।