– टोपराज शर्मा
१४ वर्षअघि कलिलो उमेरमै बुबालाई गुमाएका चर्चित युवा फुटबलर विमल घर्ती मगर यतिबेला बहिनी वियोगको असह्य पीडामा छन् । फुटबल खेल्दा खुट्टामा लागेको चोटको उपचार गराउन बेल्जियम गएका बेला घरकी एकमात्र बहिनी १७ वर्षीया मनीषाको जेठ १२ गते राति आफ्नै घरमा रहस्यमय मृत्यु भएपछि विमल पीडामाथि पीडामा छन् । बर्दघाटको न्यू लाइफ कलेजमा कक्षा ११ अध्ययनरत मनीषाको परीक्षा सकिएकै दिन नवलपरासीको बर्दघाट–८ भुताहास्थित घरमा एक्लै रहेका बेला उनको मृत्यु भएको हो । बिमल प्राय: बाहिरै हुने भएकाले घरमा आमाछोरी मात्र बस्थे ।

आफ्नो खेल करियरलाई अघि बढाउने क्रममा रहेका विमललाई आफूले सबैभन्दा माया गर्ने बहिनीको वियोगले एक्लो बनाइदिएको छ । राष्ट्रकै उदीयमान र आशालाग्दा फुटबल प्रतिभालाई परेको पीडामा यतिबेला सबै फुटबलप्रेमी तथा शुभेच्छुकहरू दु:खित छन् । फुटबल खेलमा बेग्लै प्रतिभा र कौशलमार्फत सफलताको सिंढी चढ्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका विमललाई बहिनी वियोग पर्दा उनको सिंगो गाउँ भुताहा शोकमग्न छ । मनीषाको मृत्युमा उनकै प्रेमी आशिष भनिने रुद्रनारायण चौधरी मुछिएका छन् । तिलकपुर–४ भगडाका २२ वर्षीय आशिष र मनीषाबीच ३ वर्षदेखि प्रेमसम्बन्ध थियो । देशकै चर्चित र होनहार खेलाडीकी बहिनी मनीषाको हत्या वा आत्महत्या जे भए पनि मृत्युको मुख्य कारक प्रेमी आशिष हुन् भन्ने प्रहरीको समेत ठम्याइ छ । दाइ विमलसहित मनीषाको परिवार, मनीषाका नजिकका साथी तथा छिमेकीहरू सबै मनीषा आत्महत्या गर्ने स्वभावकी केटी नभएको, घटनास्थलको अवस्थिति पनि त्यस्तो नरहेको दाबी गर्दै हत्या भएको अडानमा छन् । मनीषाको परिवारले हत्या भएको भन्दै किटानी जाहेरीसमेत दिएपछि प्रहरीले मनीषाका प्रेमी आशिषलाई घरबाटै पक्राउ गरी अनुसन्धानका लागि थुनामा राखेको छ । आशिषले आफूले हत्या नगरेको दाबी गर्दै मनीषाले सलको पासो लगाएर पंखामा झुन्डिएर आत्महत्या गरेको बयान दिएका छन् । मनीषाको मृत्युको विषय गाउँमा मात्र सीमित रहेन, संसद्मा समेत पुग्यो । सांसदहरूले राष्ट्रिय फुटबलर विमलकी बहिनीको शंकास्पद मृत्युका सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई सर्वस्वसहित आजीवन काराबासको सजाय दिन माग गरेपछि यो घटनाले राष्ट्रिय रूप नै लिएको छ । मनीषाको शवको पोष्टमार्टम काठमाडौंको शिक्षण अस्पतालमा गराइएको छ भने पोलिग्राफ (आरोपित व्यक्ति सत्य वा झूट जे बोलेको छ पत्ता लगाउने प्रविधि) जिल्ला प्रहरी कार्यालय, नवलपरासीमा गराइएको छ ।
घटनाको पृष्ठभूमि
विमलकी बहिनी मनीषा र आशिषबीच ३ वर्षदेखि दोहोरो प्रेम सम्बन्ध थियो । आशिष परिवारका एक्ला छोरा हुन् । उनको परिवार आर्थिक रूपमा सम्पन्न छ । कक्षा ११ मा भर्ना भए पनि अध्ययनलाई निरन्तरता नदिएका आशिष साथीभाइसँग मोजमस्तीमै रमाउने खालका युवा भएको उनलाई चिन्नेहरू बताउँछन् । उनी विमलका समेत साथी हुन् । आशिष आफूले कलेज नपढे पनि मनीषाले पढ्ने कलेज जाने र उनलाई क्यान्टिनमा बोलाएर भेट्ने–खाजा खाने आदि काम गर्थे । आमा अन्जनी चौधरीका अनुसार आशिषले मनीषालाई औधी माया गर्थे । मनीषा पनि आशिषको घरमा बारम्बार आउने–जाने गर्थिन् । आशिष पनि मनीषाको घर आउँथे । दुई जनाबीचको प्रेमसम्बन्ध मनीषा र आशिषको परिवारका सदस्यहरू पनि स्वीकार गर्छन्, यो कुरा दुई जनाको फेसबुक च्याट र कल डिटेलको अनुसन्धानबाट समेत पुष्टि भएको प्रहरीको भनाइ छ । आफूहरूले मनीषालाई छोरासँग विवाह गरिदिन बारम्बार मागेको तर मनीषाकी आमाले एकपटक आशिषलाई विदेश पठाउनुहोस् र आएपछि गरौंला भन्ने गरेको आशिषकी आमा अन्जनी बताउँछिन् ।
घटना हुने दिन कक्षा ११ को परीक्षा सकिएकाले मनीषा छिमेककी साथी शिलु सुनारसँग घरनजिकैको भोगजनी भन्ने ठाउँमा साइकलमा घुम्न गएका बेला आशिषले फोन गरी कोसँग किन घुम्न गएकी भनेर गाली गरे । त्यसपछि दुवै जना फर्केर मनीषाको घर आइबसेको मनीषाकी साथी शिलु बताउँछिन् । घर बसेका बेला आशिषले पुन: फोन गरेर आज म मनीषाले दिएका सामान (गिफ्ट) हरू फिर्ता गर्दिन्छु, आज जे पनि हुन सक्छ सुनाइदेउ भनेर रिसाउँदै फोन राखेको शिलुको भनाइ छ । सोही दिन साँझ आमा बुटवलतिर गएकी र सँगैको ठूलो बुबाको घरमा पनि कोही नभएका बेला राति ८ बजेतिर आशिष मादक पदार्थ सेवन गरी मात्तिएको अवस्थामा मनीषाको कोठामा पुगेका थिए । दुई जनाबीच कुराकानीका क्रममा मनीषाले आशिषसँग आफ्नो सिमकार्ड मागिन् । उनले दिन नमानेपछि दुवै जनाबीच भनाभन र थप्पड हानाहान भएको प्रहरीले अनुन्धानबाट पत्ता लगाएको छ । त्यसअघि मनीषाले बुधबार बेलुका करिब पाँच बजे आफ्नो फेसबुक प्रोफाइल तस्बिर परिवर्तन गरेको देखिन्छ । उनले राखेको फोटोमा एक घण्टापछि दाजु विमल घर्ती मगरले बेल्जियमबाट ‘ब्युटिफुल सिस्टर मिस यु’ भन्दै कमेन्ट गरेका छन् । दाइको कमेन्टमा मनीषाले तुरून्तै ‘थ्यांक्यू दाइ, मिस यु टु’ लेखेको देखिन्छ । फेसबुकमा निकै सक्रिय रहने मनीषाले चेन्ज गरेको अन्तिम तस्बिरमा कमेन्ट गर्ने दर्जनौंलाई उनले रिप्लाई गरेकी छिन् ।
मृत्यु शंकास्पद
घटना हुनु अघिल्लो दिन आशिषले मनीषालाई जे पनि हुन सक्छ भनेर धम्क्याउनु, घटनास्थलमा कसैले पनि मनीषालाई झुन्डिएको अवस्थामा नदेख्नु, झुन्डिएको भनिएको कोठाको पंखामा लागेको धुलोमैलो कतै नलतपतिनु, मनीषाको पलङको सिसा फुट्नु, पंखा दुरुस्त अवस्थामा हुनु, घरको ढोका र चुक्कुल नलगाइनु, शरीरमा केही नीलडाम देखिनु, मनीषाको कोठामा रगतको टाटा पनि देखिनु, मनीषाको शव आसपासमा पासो लगाइएको डोरी नभेटिनु, पछि आशिषले पासो आफूले घरछेउको कल्भर्टमा लुकाएको भन्दै प्रहरीलाई दिनु जस्ता कुराले उक्त घटना आत्महत्या हुन नसक्ने र हत्या नै भएको आफन्तहरूको तर्क छ ।

आशिषले एकातिर मनीषा झुन्डिएर मृत्यु भएको थाहा पाएपछि घर गएर सुतेको बयान दिएका छन् भने अर्कातिर मनीषाकी साथी शिलु सुनारलाई १४ गते बिहान फोन गरेर मनीषा कहाँ छे ? मोबाइल किन स्विचअफ छ ? भनेर सोधी आफूलाई घटनाका सम्बन्धमा केही थाहा नभएजस्तो देखाउन खोजेको मनीषाकी साथी शिलुले बताइन् । आशिषको यो कुरा बाझिँदा उनीमाथि थप शंका गरिएको हो । यद्यपि मनीषाले केही हप्ताअघि आफ्नो फेसबुक स्टाटसमा ‘वान्ना टु स्लिप फरेभर’ (सधैंका लागि निदाउन चाहन्छु) भनेर लेखेको पाइएको तर त्यो उनी आफंैले लेखेको हो वा अरू कसैले लेखेर पोस्ट गरेको हो भन्ने कुरा अनुसन्धानकै क्रममा रहेको प्रहरीको भनाइ छ ।
आशिषको बयान मिल्यो
फुटबलर विमल घर्तीमगरकी बहिनी मनीषा घर्तीमगरको मृत्युको अनुसन्धानका क्रममा प्रेमी आशिष चौधरीको पोलिग्राफ जाँचमा चौधरीले मनीषाको हत्या नगरेको भनी दिएको जवाफ सााचो देखिएको छ । गत मगंलबार ५ घण्टा लगाएर प्रहरी नियन्त्रणमा रहेका चौधरीको इलाका प्रहरी कार्यालय सुनवलमा पोलिग्राफ जाँच भएको थियो ।
उक्त जाँचमा मनीषा घर्तीमगरको मृत्यु तपाईंले गराउनुभएको हो भन्ने प्रहरीको प्रश्नमा चौधरीले होइन भन्ने जवाफ दिएको र उक्त जवाफ पोलिग्राफ जाँच गरी हेर्दा सााचो बोलेको देखिएको बुधबार जिल्ला प्रहरी कार्यालय नवलपरासीले पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ । पोलिग्राफ जाँचमा मनीषाको हत्या गरेको विषयमा चौधरीले सााचो बोलेको देखिए पनि अनुसन्धान अझै बााकी रहेको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेत बताए ।
प्रहरीले घटनास्थलमा भेटिएको रगतको स्याम्पल तथा भिसेरा रिपोर्ट परीक्षण गर्न काठमाडौं पठाएको छ । त्यस्तै मनीषाको मृत्यु ह्याङ्गङिका कारण भएको मंगलबार आएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

को के भन्छन् ?
जे पनि हुन सक्छ भनेर धम्की आएको थियो
सिलु सुनार, मनीषाकी साथी
म र मनीषा छिमेकी हौं । ऊ र म अति मिल्थ्यौँ । घटनाको दिन बिहीबार मनीषाको ११ कक्षाको परीक्षा सकिएको थियो । उसले घुम्न जाऔं भनेपछि हामी साइकलमा भगजनी भन्ने ठाउँमा घुम्न गयौँ । हामी घुम्न जाँदा मनीषाको मोबाइलमा दिउँसो २ बजेतिर आशिषको फोन आयो । उसले कहाँ–कोसँग घुम्न गइस् ? भन्दै गाली गर्यो । त्यसपछि मनीषा र म घर फर्कियौं ।
आशिष मनीषामाथि धेरै शंका गथ्र्यो, मनीषा कुनै केटासँग नबोलोस्, नहिंडोस् भन्ने चाहन्थ्यो । घर फर्किएपछि मनीषाले आफ्नो मोबाइलको स्विच अफ गरी । पछि आशिषले मेरो मोबाइलमा फोन गरेर ‘म मनीषाको सामान लिएर उसको घर आउँदै छु । उसलाई भन्देऊ, आज जे पनि हुन सक्छ’ भनेर फोन राख्यो । त्यतिबेला मैले मोबाइलको लाउडस्पिकर अन गरेको थिएँ । मनीषाले उसको सबै कुरा सुनेकी थिई । त्यो कुरा सुनेपछि मनीषा डराएकी थिई अनि त्यसको एकछिन पछि म आफ्नो घर गएँ ।
भोलिपल्ट बिहानै आशिषले मलाई फोन गर्यो अनि मनीषालाई फोन उठाउन भन त, उसले रातिदेखि फोन नै उठाएकी छैन भन्यो, तर उसलाई मनीषा अघिल्लो राति नै मरेको थाहा थियो । उसले आफू जोगिन बिहान मलाई फोन गरेको होला ।

विमल घर्ती मगर, मनीषाका दाजु
म के बोल्ने के नबोल्ने प्रेसरमा छु । पहिले पनि सानै उमेरमा बुबालाई गुमाएर दु:ख पाएको हुँ, फेरि बहिनीलाई गुमाउँदा पीडामाथि पीडा थपिएको छ । मम्मीलाई सम्हाल्नुपर्ने छ । मलाई दोब्बर दु:ख परेको छ । मम्मीलाई पनि दु:ख छ । म बहिनीलाई औधी माया गर्थें । कहींबाट आउँदा जहिले पनि गिफ्टहरू ल्याइदिन्थें । दाजु बहिनीमा धेरै कुरा सेयर हुन्थ्यो ।
आफ्नो प्रेमको विषयमा मनीषाले मलाई पनि बताएकी थिई । मैले दुवै जनालाई राखेर सम्झाएको पनि थिएँ । खै किन यस्तो भयो मैले केही बुझ्न सकेको छैन । जे नहुनु थियो भयो, अब दोषी जोजुकै होस् पत्ता लगाई सजाय हुनुपर्छ, निर्दोषले सजाय पाउनु हुँदैन । मेरी बहिनीको जस्तो दुखद घटना अन्यत्र पनि सुन्दा धेरै दुख लाग्छ । यस्ता घटना रोक्न सबै लाग्नुपर्छ, सरकारले सबैलाई सुरक्षाको अनुभूति दिनुपर्छ । अब मम्मीलाई कसरी एक्लै छोडेर जाने भन्ने चिन्ता छ भने मैले आफ्नो करियर पनि जोगाउनुपर्नेछ ।

निष्पक्ष छानबिन भैरहेको छ
शेरबहादुर बस्नेत
लुम्बिनी अञ्चल प्रहरी प्रमुख
सामान्य नागरिकको मृत्युको घटनामा पनि जाहेरी आएपछि त्यसको सत्यतथ्य र निष्पक्ष छानबिन गर्नु हाम्रो दायित्व हो । त्यसमाथि नेपाली राष्ट्रिय फुटबल टिमका चर्चित र लोकप्रिय खेलाडी विमलको परिवारमा घटेको घटनाप्रति हामी थप संवेदनशील र जिम्मेवार भएर अनुसन्धानमा लागेका छौं । हामीले घटनामा संलग्न भनिएका आरोपितलाई त्यही दिन नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं । घटनास्थलमा म आफैं पनि पुगेको थिएँ । त्यहाँको अवस्था र शवको प्रकृति हेर्दा हत्या वा आत्महत्या ठ्याक्कै यही हो भनेर भन्न सक्ने अवस्था छैन । जे पनि हुन सक्छ । त्यो कुरा पोस्टमार्टम र पोलिग्राफ रिपोर्ट आएपछि मात्र थाहा हुन्छ । रिपोर्ट जे आए पनि घटना घट्नुका कारकचाहिं आशिष चौधरी नै हुन् । हामीले अनुसन्धान स्वच्छ र पारदर्शी होस् भनेर उपलब्ध सबै प्रविधि उपयोग गर्दैछौं । पोर्टमार्टम र फरेन्सिक टेस्ट पनि जिल्लामा नगराई काठमाडौं गरायौं, पोलिग्राफ पनि सम्भवत: यो क्षेत्रमै पहिलो पटक गर्दैछौं । हामीले कसैको प्रभाव र दबाबमा नपरी कुनै कुरा नलुकाई यथार्थ कुरा बाहिर ल्याउनेछौं । त्यसमा शंका नगरी धैर्य गर्न म सबैसँग आग्रह गर्छु ।

अपरिपक्व प्रेमको नतिजा
दिवाकर रिजाल, प्राध्यापक, स्थानीय बुद्धिजीवी
मनीषाको शंकास्पद मृत्यु अपरिपक्व प्रेमसम्बन्धको दु:खद नतिजा हो भन्ने मलाई लाग्छ । मनीषाको मात्र होइन, पछिल्लो समय यस्ता शंकास्पद मृत्यु, हत्या वा आत्महत्याका घटना देशका विभिन्न ठाउँमा भैरहनुमा परिपक्व उमेर नहुँदै अरूको देखासिकीमा गरिने आलोकाँचो प्रेमसम्बन्ध नै कारण हुन्छ । अर्को कुरा, घरमा उचित अभिभावकत्व नहुँदा पनि युवायुवतीहरू उमेर नहुँदै प्रेमसम्बन्ध गाँस्ने, शारीरिक सम्पर्कमा रहने र पछि सम्बन्धहरू टुट्ने, दु:खद घटनाहरू निम्तिने हुन्छ । तसर्थ घरमा अभिभावक, स्कुल–कलेजमा शिक्षकहरूले यस विषयमा उचित परामर्श दिने अभियान चलाउनुपर्ने
खाँचो छ ।
पश्चिमा संस्कृतिको नक्कल, हिन्दी सिरियलको प्रभाव आदि विभिन्न कारणले जोसुकैबीच प्रेम सम्बन्ध गाँस्ने जुन फेसन विकसित भैरहेको छ, यसलाई बेलैमा नरोक्ने हो भने समाजमा अझ भयावह घटनाहरू घट्न सक्छन् ।

बाहिर नहिँड्ने स्वभाव थियो
टेकबहादुर घर्ती, मनीषाका काका एवं प्रहरी हवल्दार
मनीषा निकै असल अनि सोझी छोरी थिइन् । धेरै नबोल्ने, घरबाट बढी बाहिर नहिँड्ने स्वभाव थियो मनीषाको । मनीषा र आशिषबीच प्रेमसम्बन्ध छ भन्ने कुरा सामान्य रूपमा सुनेको थिएँ । म बुटवल बस्ने भएकाले त्यति धेरै जानकारी हुन पाएन । मैले जानेसम्म मनीषा मृत्युको कुराबाट डराउँथी । कहिलेकाहीं घरमा टिभीमा समाचार हेर्दा मानिसहरू किन आत्महत्या गर्छन् होला, मलाई त डर लाग्छ । यस्तो त सोच्न पनि सक्दिन भन्थी । घटनास्थलको प्रकृति हेर्दा पनि आत्महत्या हुन सक्दैन ।
आशिष मनीषालाई भेट्न क्यान्टिनमा आउँथे

सोना पटेल, कलेजकी साथी
मनीषा र म कलेजमा सँगै पढ्ने साथी हौं । उसको आशिष दाइसँग अफेयर छ भन्ने मलाई थाहा थियो । दाइ कलेज नपढ्ने भए पनि कलेजको क्यान्टिनमा आइरहन्थे अनि मनीषालाई त्यही बोलाएर भेट्थे । आशिष मनीषा कहीँ जाँदा, केटाहरूसँग बोल्दा पनि रिसाउने–कराउने गर्थे । त्यही भएर मनीषा राम्रो काममा पनि केटाहरूसँग बोल्न, हिंड्न मान्दैनथी । परीक्षाका बेला आशिष दाइले मनीषाको फेसबुकको पासवर्ड पनि चेन्ज गरिदिएका रहेछन् । परीक्षा सकिएको दिन बल्ल पासवर्ड दिएका रहेछन् ।
त्यो दिन मनीषा आज अनलाइनमा कुरा गरौंला भनेर छुट्टिएकी थिइन् । अर्को दिन त्यस्तो घटना सुन्दा सार्है नराम्रो लाग्यो । पत्याउनै गार्हो भयो ।
आशिषले मनीषालाई शंका गरे पनि एकदमै माया गर्थे तर त्यस्तो घटना कसरी घट्यो, अचम्म लागेको छ ।

बिमलकी बहिनीले संसार छोड्दा, रुद्रनारायण चौधरी जिउँदो लाश भएको कसले देख्यो ?
प्रेमसम्बन्धको कुरा थाहा भएन
कविता केसी, कलेजकी साथी
मनीषा र हामी बर्दघाटको न्यू लाइफ कलेजमा कक्षा ११ मा पढ्थ्यौं । म, मनीषा, सोना र सपना हामी चार जना साथीको ग्रुप थियो । हामी धेरैजसो जहाँ जाँदा पनि सँगै जाने–आउने गथ्र्यौं । मनीषा मिलनसार, हाँसो–ठट्टा गरिरहने, धेरै नबोल्ने स्वभावकी थिइन् । पढाइमा उनी ठीकै थिइन् । उनले आफ्नो प्रेमसम्बन्धको कुरा मसँग कहिल्यै सेयर गरिनन् । आशिष भन्ने केटासँग प्रेम छ भन्ने सुनेको मात्र हो ।

आत्महत्याको कुराबाट डराउँथिन्
अन्जनी चौधरी, आशिषकी आमा
दुई वर्षअघि हाम्रो घरमा मनीषा र आशिषको प्रेम छ भन्ने कुरा थाहा भएको हो । आशिषले मनीषालाई असाध्यै माया गथ्र्यो । मनीषा पनि हाम्रो घर बारम्बार आउने–जाने गर्थिन् । घटना हुने अघिल्लो दिन पनि उनी घर आएकी थिइन् । हामी मनीषाको विवाह छोरासँग गर्न माग्न पनि गएका हौं । गएको मंसिरमा छोरा र छोरीको एकैपटक विवाह गरिदिने हाम्रो सोच थियो तर मनीषाकी आमाले एकपटक आशिषलाई विदेश पठाउनुहोस् अनि आएपछि गरौंला भन्नुभयो, मनीषाले पनि १२ कक्षा उत्तीर्ण गरेपछि गर्छु भनेपछि गएको मंसिरमा छोरीको मात्र विवाह गरिदियौं । मनीषालाई हामीले बुहारी नै स्वीकार गरेका थियौं । छोरीलाई जस्तै माया गथ्र्यौं हामी पनि । उनले पनि आफ्नै घर जस्तो गर्थिन् । उनको बोली–व्यवहार पनि सार्है मायालाग्दो थियो । मेरो र मेरा श्रीमान्को निकै ख्याल गर्थिन् । मनीषालाई त्यस्तो भएको सुनेर मेरो मन कति रोएको छ, कति पीर परेको छ, मेरो मनले मान्दै मानेको छैन । मनीषाको शिल–स्वभाव सबै राम्रो थियो । उनी जोसुकैसँग सजिलै घुलमिल हुन्थिन् र गाउँमा सबैसँग राम्रो व्यवहार गर्थिन् । (मोबाइलमा कुरा गरुन्जेल अन्जनी रोइरहेकी थिइन् ।)

हत्या की आत्महत्या ? छुट्याउनै मुस्किल पर्छ प्रहरीलाई
नातिनी सार्है असल थिइन्
नरबहादुर घर्ती मगर, मनीषाका हजुरबा
मनीषा र विमल दुवै जनालाई मैले हुर्काएको हुँ । नातिनी मनीषा सार्है असल थिइन् । धेरै नबोल्ने, धेरै हिँडडुल नगर्ने उनको बानी थियो । मलाई धेरै माया गर्थिन् । मेरो हेरविचार उनैले गर्थिन् । मलाई खाना, पानी पनि उनैले दिन्थिन् । घटनाको दिन म घरमा थिइनँ । म चितवनमा छोरीको घरमा थिएँ ।

त्यो दिन बुहारी पनि घरमा नहुँदा यस्तो घटना भएछ । अहिले म किन चितवन गएछु भनेर पछुतो लागिरहेको छ । म घरमै भएको भए सम्भवत: यस्तो घटना हुने थिएन ।