>

चम्कियो पद्मोदय पब्लिक नमुना उच्चमावि, सरकारी विद्यालयमा जिल्ला प्रथमको दाबी, ३ सय ३० परिक्षार्थी सफल


नारायण खड्का, तुलसीपुर 
३-असार /  दाङ घोराही भरतपुरको पद्मोदय पब्लिक नमुना उच्चमाविले विहीवार प्रकासित एसएलसी परिक्षामा ९५ प्रतिसत परिक्षार्थी सफल भएको बताएको छ ।
web-top-h1
विद्यालयवाट परिक्षा दिएका मध्ये विक्रम खनालले ९१.२५ प्रतिसत अर्थात एप्लस ल्याउन सफल भएका छन् । खनाल नै जिल्लाका सरकारी विद्यालयहरुमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी भएको विद्यालयका प्राचार्य डा. कृष्णराज डिसीले तुलसीपुर अनलाईन संग दाबी गरे ।
आफनो विद्यालयवाट परिक्षामा सामेल ३सय ४७ परिक्षार्थी मध्ये ३ सय ३० जना सफल भएको प्राचार्य डा. डिसीले बताए । उनका अनुसार ११ जना परिक्षार्थी भने सफल हुन सकेनन् ।
विद्यालयका प्राचार्य डा. डिसीका अनुसार पद्मोदय पब्लिक नमुना उच्चमावि बाट परिक्षा दिएका मध्ये १३ जना एग्रेड ल्याउन सफल भएका छन् । त्यस्तै ३४ जना बीप्लस ग्रेड, ६४ जना बीग्रेड, ७५ जना सीप्लस, ९५ जना सीग्रेड र डीप्लस ग्रेड ४८ विद्यार्थीले ल्याएका छन् ।
जिल्लामा सबैभन्दा धेरै विद्यार्थी एसएलसी परिक्षामा सामेल गराउने सरकारी स्वामित्वको विद्यालय पद्मोदय पब्लिक नमुना उच्चमावि नै हो । यसअघिका परिक्षाहरुमा पनि यसले उत्कृष्ट नतिजा ल्याउँदै आएको थियो ।