>

तीन लाख नहँुदा भएन उपचार

तीन लाख नहँुदा भएन उपचार

रेखदेख संवाददाता ।
साउन ५, रुकुम । रुकुम बाँफीकोट ८ का ३९ वर्षका  कृष्णे कामी ७ वर्ष देखि मुटु रोगका कारण  समस्या छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकेका उनी अहिले जिवन मरनको दोसाधमा रहेका छन् । जिवन  जोगाउन चन्दा उठाउन आफै जिल्ला सदरमुकाम खंलगा पुगको छन् ।
 उनको मटुको रक्तनलीमा समस्या भएका कारण अपरेशन गर्न रु ३ लाख रुपैयाँ लाग्ने भन्दै  शहिद गंगालाल राष्ट्रिय ह्दय  केन्द्रले फिर्ता पठाएपछि रकम जुटाउन जिल्ला सदरमुकाम खंलगाका कार्यालयहरु र बजारमा सहयोग मान्दै हिडेका हुन् ।
मजदुर गरेर २ छोरा १ छोरी र श्रीमतीको पालन पोषण गरेका कामी केही बर्षदेखि थला परेपछि परिबार समेत अप्ठेरोमा परेका छन् । दलित तथा विपन्न परिवार कामीको बारीमा लगाएको अन्नले ३ महिनासम्म पनि  खाना नपुग्ने उनले रेखदेखलाई जनाए । उनले भने, खाना पुग्दैन, कसरी उपचार गरु । उनले सहयोगको  लागि सम्पूर्ण देशविदेशमा रहेका नेपालीहरु अपिल गरेका छन् । उनलाई सहयोग गर्न उनको मोवाईल नं ९८६८०५६२९८ मा सम्र्पक गर्न कामीले जनाएका छन् ।