>

अर्थ


cate

आर्थिक पुनरुद्धार कोषले अर्थमन्त्रालायसँग माग्यो ५० अर्ब बजेट

आर्थिक पुनरुद्धार कोषले अर्थ मन्त्रालयसँग ५० अर्ब बजेट माग गरेको छ । भूकम्प र नाकाबन्दीबाट पीडित उद्योगी व्यवसायीलाई राहत दिने उद्देश्यले स्थापना यो कोषले व्यवसायीहरुलाई राहतका लागि रकम माग गरिएको कोषका संयोजक तथा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले जानकारी दिनुभयो । कोषले काम सुरु गरेसँगै भूकम्प र नाकाबन्दीबाट प्रभावित बनेका व्यवसायीहरुले ढिलै भएपनि सरकारी […]
cate

नयाँ आर्थिक बजेट जेठ १५ भित्रै

सरकारले नयाँ आर्थिक वर्षको बजेट आउँदो जेठ १५ भित्रै ल्याउने तयारी गरेको छ । आर्थिक वर्षको अन्त्य (असार मसान्त) मा बजेट ल्याउने पुरानो परम्परा तोड्दै सरकारले डेढ महिनाअघि नै बजेट ल्याउने तयारीमा लागेको हो । नयाँ संविधानमा गरिएको व्यवस्थाले पनि चाँडै बजेट ल्याउनलाई सघाउ पुर्याएको हो । संविधानमा जेठ १५ भित्र नयाँ आर्थिक वर्षको बजेट […]
cate

नुवाकोटमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय स्थापना

 नुवाकोटमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय स्थापना भएको छ । नुवाकोट र रसुवा हेर्ने गरी आजदेखि विदुरस्थित जिविसको एक कोठामा उपक्षेत्रीय कार्यालय स्थापना गरिएको हो । उपक्षेत्रीय कार्यालयमा निमित्त उपक्षेत्रीय प्रमुखसहित दुई जना कर्मचारी रहेका छन् । कर्मचारी अभावमा जिल्लामा गत फागुन १२ गते नै उपक्षेत्रीय कार्यालय स्थापना गर्ने भनिए पनि स्थापना हुन सकेको थिएन […]
cate

यस वर्ष तीन र आउँदो वर्ष ४.८ प्रतिशतको आर्थिकवृद्धि

एसियाली विकास बैंक (एडिबी)ले एसियाली मुलुकको समग्र विकास परिदृश्य बुधबार काठमाडौंमा सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आवको उत्तराद्र्धको प्रारम्भमा भूकम्प जाँदा आर्थिक वृद्धिमा कमी आई तीन प्रतिशतमा सीमित भएको जनाउँदै उक्त बैंकले आगामी आवमा गरिने पुनर्निर्माण र व्यापार तथा पारवहनमा हुने सुधारबाट नेपालको आर्थिक […]
cate

केही दिनका लागि वैदेशिक रोजगारी खुला

गत फागुन २१ गतेदेखि कामदार विदेश पठाउन बन्द गरेका वैदेशिक रोजगार कम्पनीहरुले केही दिनका लागि भिसा प्राप्त भएका कामदारलाई विदेश पठाउन सहमत भएका छन् । त्यसो त संघले आन्दोलन गरे पनि व्यवसायीहरुले एकल रुपमा कामदार विदेश पठाउने काम गर्दै आएका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी फागुन २२ गतेदेखि […]
cate

नामार्जुन जलविद्युत् आयोजनामा छवटा बैंकले लगानी गर्ने

हिमालय हाइड्रोपावरले निर्माण गर्न लागेको नामार्जुन जलविद्युत् आयोजनामा जनता बैंकको अगुवाइमा विभिन्न छवटा बैंकले लगानी गर्ने भएका छन् । कास्कीको नामार्जुन गाविसमा आयोजना स्थल रहेको सो आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, कैलास विकास बैंक, विभोर विकास बैंक, त्रिवेणी विकास बैंक र काष्ठमण्डप बैंकले संयुक्तरुपमा लगानी गर्ने भएका छन् । लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा आज […]
cate

बूढीगण्डकी जलबिद्युत् आयोजना : काम थोरै, हल्ला धेरै

गोरखा र धादिङको सीमा भइ बगिरहेको बूढीगण्डकी नदीमा जलाशययुक्त बाँध बनाएर एक हजार २०० मेगावाट बिद्युत् उत्पादन गर्ने तयारी भएपनि आयोजना क्षेत्रमा तीव्ररुपमा काम अघिबढेको छैन । सो आयोजना कुन मोडल (विकास समिति कि कम्पनी)अनुसार बनाउने टुङ्गो लागेको छैन । यद्यपी आयोजनाले प्रभावित बनाउने जिल्लाका १४ गाविस र धादिङका १३ गाविसमा जग्गा किनबेच कारोबार भने […]
cate

बर्दियामा निर्माणाधीन दुई पक्की पुल जोखिममा

बर्दियामा निर्माणाधीन दुई पक्की पुल जोखिममा परेका छन् । सडक डिभिजन कार्यालय नेपालगंजले निर्माण गरिरहेका गुलरिया मगरागडी हुँदै पुर्व पश्चिम महेन्द्र राजमार्ग जोड्ने बबई नदीमा अवस्थित जब्दीघाट पुल र सुर्यपटुवा हुँदै पर्यटकीय क्षेत्र डल्लागाउँ, ठाकुरद्वारा जोड्ने औराही खोलामा निर्माणाधीन पुल डिभिजन कार्यालयको लापरवाहीका कारण जोखिममा परेका हुन् । बबई नदीमा भरिएको बालुवा नहटाउँदा वर्षामा जब्दीघाट पुलमाथिबाटै नदी […]
cate

एप्पलविरुद्धको मुद्दा फिर्ता

सान बर्नाडिनोका आतंकवादी साइद रिजवान फारुकले प्रयोग गरेको आइफोनका तथ्याङ्कसम्म उसले पहुँच प्राप्त गरेको अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआइले जनाएको छ । अमेरिकी न्यायधिवक्ता आइलिन डेकरले एउटा तेश्रो पक्षले, भण्डारण भएका तथ्याकं नगुम्ने गरी आइफोन अनलक गर्न मन्त्रालयलाई मद्दत गरेको बताए । यसअघि एप्पलले खतरनाक नजिर बस्न सक्ने भन्दै उक्त अनुसन्धानमा सघाउन नसक्ने बताएको थियो […]
cate

पुनःनिर्माणमा थप सहयोग गर्न एडिबी तयार:उपाध्यक्ष झाङ

एसियाली विकास बैंक एडिबीका उपाध्यक्ष वेनचाई झाङले नेपाल सरकारले चाहेको खण्डमा भूकम्पपछिको पुनः निर्माणमा थप सहयोग उपलब्ध गराउन तयार रहेको बताउनुभएको छ । बैंकका तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नेपालले आवश्यक ठानेको खण्डमा पुनःनिर्माणमा लागि करिब रु छ अर्ब थप सहयोग गर्न तयार रहेको बताउनुभयो । भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण र पीडितलाई राहत दिने […]
cate

इन्टरनेटको जमानामा हुलाकी राजमार्ग निर्माण हुलाकको चिठी जस्तै

मुलुकको सबभन्दा ठूलो र व्यस्त पूर्व पश्चिम राजमार्गको विकल्पका रुपमा सन् २००० देखि निर्माण आरम्भ सुरु गरिएको हुलाकी राजमार्ग निर्माणकार्य प्रगति भने अत्यन्तै सुस्त देखिएको छ । व्यवस्थापिका संसदको विकास समितिको सोमबारको बैठकमा हुलाकी राजमार्गको प्रगतिको गयति अति सुस्त भएपछि यसबारेमा सम्बन्धित निकायका अधिकारीहरुसंग छलफल गरेको छ । बैठकले हुलाकी राजमार्ग निर्माणका लागि बजेट, समन्वय […]
cate

कर नतिर्ने विदेशी लगानी चाहिदैन : विमल कोइराला

नेपाल भित्रिएका विदेशी लगानीका कम्पनीले हामीलाई कर नतिर्ने हो भने ती कम्पनीहरु नेपालमा नचाहिने पूर्व मुख्य  सचिव विमल कोइरालाले बताउनु भएको छ । सुशासनका लागि नागरिक अभियान कार्यक्रममा बोल्दै उहाँले एनसेल बिक्रीमा कर प्रकरणले हाम्रो शासन व्यवस्थामा खस्कँदो अवस्थालाई इंगित गरिरहेको बताउनुभयो । यो विषय नेपाली जनताले जान्नु पर्ने विषय भएको भन्दै उहाँले एनसेल बिक्रीमा […]
cate

नेपालमै पहिलो पटक उखु खेतीको बेर्ना तयार पार्न सुरु

नेपालमै पहिलो पटक उखु खेतीको बेर्ना तयार गर्नका लागि कञ्चनपुरको देखतभूली–६ तिलकीका कृषकले ‘चिप कटर’ प्रविधि भित्र्याएका छन् । प्रविधि अन्तर्गत् उखुको आख्ला मेसिनको सहायताले काटी ग्रिनहाउसमा पोलिमर ब्यागमा राखी बेर्ना तयार गर्ने कार्य त्यहाँका कृषकले गरेका छन् । ग्रिनहाउसमा पोलिमर ब्यागमा राखिएका आख्लाबाट १० हजार उखुका बेर्ना तयार गरिएको इटाहा विपद् व्यवस्थापन समितिका सचिव […]
cate

पेट्रोलियम पदार्थको अभावमा निगम नै आश्चार्यमा

पुष्पा के.सी. भारतको नाकाबन्दीका कारण केही महिनादेखि धेरै नेपालीहरु ग्यास, पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक वस्तु किन्नका लागि लाइनमा छन् । यो क्रम हट्यो भनिएपछि केही सहज भयो । तर, पुनः पेट्रोल भर्ने लाइन सुरु भएको छ । केही दिन यतादेखि सहज भएको पेट्रोलियम पदार्थमा फेरि अभाव देखिएको छ । यो अभाव कृतिम हो कि प्राकृतिक […]
cate

पुनः निर्माणका लागि बजेट निकासा सुरु

भूकम्प गएको ११ महिनापछि राष्ट्रिय पुननिर्माण प्राधिकरणले विभिन्न मन्त्रालय र सरकारी निकायलाई पुनः निर्माणको रकम निकासा दिन सुरु गरेको छ । शुक्रबार ६ वटा निकायलाई पुनः निर्माण प्राधिकरणले ४ अर्ब २७ करोड रुपैयाँ निकासा गरेको हो । प्राधिकरणसँग पुनः निर्माणका लागि प्राप्त भइसकेको ६५ अर्ब मध्ये ६९ अर्ब ४६ करोड रुपैयाँ अझै निकासा गर्न बाँकी […]