>

जीप दुर्घटनामा ७ जनाकाे मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन् ।







सञ्जय नाथ याेगि
मङ्सिर ९ रुकुम
रुकुम पश्चिम जिल्लाकाे मुसीकोट नगरपालिका वडा नं. ६ कालीमाटीमा जिप दुर्घटना भएकाे छ । घटनामा ७ जनाकाे मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन् । 
हार्दिक श्रद्धाञ्जली ।

पुर्वी_रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसिकोट गैरहेको ग १ ज ४२६० नम्बरको जीप पश्चिम रुकुमको मुनपा ६ कालीमाटी (सांख) मा ७:३० बजेतिर दुर्घटना भएको छ । दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ । दुघर्टनामा परेको जीप मध्यपहाडी लोकमार्गवाट झण्डै एक सय मिटर तल पुगेको वताईएको छ । जीपमा सवार मुसीकोट नगरपालिका वडा नं. १ का जनक शाह, सुदन श्रेष्ठ, शेरवहादुर श्रेष्ठ र मुसीकोट नगरपालिका वडा नं. ४ की सुधा मल्ल, त्रिवेणी गाँउपालिका वडा नं. १ की यमुना मल्ल र केही दिन अघि मात्र वैवाहित जिबनमा बाधिएका रुकुमकोट निवासी प्रहरी ईन्सपेक्टर नविन श्रेष्ठ र उहाँ की पत्नी प्रहरी ईन्सपेक्टर अनिता प्रधानको मृत्यु भएको खबरले सार्है दुखित तुल्याएको छ । जीप दुर्घनामा घाईते चालक प्रेम थापा, सहचालक मग्मा निवासी प्रेम केसी र वर्दिया निवासी टेक वहादुर खत्रीको जिल्ला अस्पत्ताल सल्लेमा उपचार जारी । थप उपचारका लागि नेपालगंज रिफर गरिदैछ ।।
९ मंसिर २०७४, शनिबार ११:२७ मा प्रकाशित