>

कसरी मनलाई मैत्री बनाउने ?

हामी सबै मानवसँग मन छ । सबै मानवको एउटै मन हुँदैन । आत्मा र मन फरक कुरा हो । कल्पना गरिने कुरा मनमा हुन्छ । आँखाले देखेको, पढेको, अनुमान गरेका कुराहरू मन भित्रबाट प्रष्फुटन हुन्छन् । त्यसलाई संयोजन गरी विभिन्न भाषामा उतारिन्छ, ती उतारिएका लेखन, छापा वा विद्धुतीय साधनहरुद्वारा हामी बुझ्न सक्छौं कुरा यस्तो रहेछ भनेर । यसलाई छुट्याउन मुश्किल छ कि यो हिमाली, यो पहाडी, यो तराइको मन अथवा देशी वा विदेशी भनेर । दिमाग र मनको सम्बन्ध रहन्छ र त दिमागले सोचेको कुरा मनमा खेल्न थाल्दछ । एउटै मान्छेले कयौं भाषा बोल्दछ, एउटै भाषा मात्र बोल्ने पनि मानिस हुन्छन् । भाषा सिकाइ, पढाइबाट आउँछ तर मन त शुरुदेखि नै हुन्छ । एक प्रकारको शंस्कारबाट अर्को प्रकारको शंस्कारमा गइयो भने, मन बदलिन्छ, हिजोकोभन्दा फरक हुन्छ । ऋतु, संगत र शंस्कार अनुसार मन फरक हुन्छ । क्षेत्र, देश, विदेश, समाज, मौसम र शिक्षा अनुसार बन्दछ यो मन ।