>

रुकुममा बस दुर्घटना हुँदा चार जना घाइते

रुकुममा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। सदरमुकाम मुसिकोटबाट चौरजहारी नगरपालिकातर्फ जाँदै गरेको ग १ ख ४२४५ नम्बरको मिनीबस सोमबार अपरान्ह मुसिकोट–४, बोहोरागाउँमा दुर्घटना हुदाँ चार जना घाइते भएको प्रहरीले जनाएको छ।बस दुर्घटनामा त्रिवेणी गाउँपालिका–१०, पेउघाका २५ वर्षीय दुर्गाबहादुर खड्का, मुसिकोट नगरपालिका–११ का ३५ वर्षीया नैना पुन, सोही ठाउँकी २५ वर्षीया गीता पुन ओली र सोही ठाउँकी २५ वर्षीया गीता खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख अंगुर जिसीले जानकारी दिनुभयो।
घाइतेमध्ये गीता पुन ओलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुडिरहेको बसको ब्रेक फेल हुँदा दुर्घटना भएको हो। घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । 
त्यहाँबाट सुनिता रावल बाताउनुहुन्छ ।