>

रुकुममा सानोभेरी यातायात सेवा सञ्चालन गर्ने तयारी


रुकुममा सानोभेरी यातायात सेवा सञ्चालन गर्ने तयारी




खम्बु बोहरा 
रुकुमको अर्को यातायात समिति खुलेको छ । यात्रुहरुलाई यात्रुमैत्री गुणस्तरिय र भरपर्दो सेवा दिने भन्दै सानोभरी यातायात सेवा समिति खुलेको हो । भोली देखी यातायात सेवा सुचारु गर्ने जानकारी दिएको छ । भोली काठमाण्डौं, नेपालगंज, दाङ्ग र जिल्लाका स्थानीय सडकहरुमा एकैसाथ यातायात सेवा संचालनको तयारी अन्तिम चरणमा पुगेको समितिको भनाई छ ।
काठमाण्डौं, नेपालगंज र दाङ्गका लागी डिलक्स प्रकृतिका गाडीहरु र स्थानीय सडकहरुमा जीप सेवा संचालन गरिने सानोभेरी यातायात सेवा समितिका अध्यक्ष मनवहादुर चदाराले जानकारी दिनुभयो । यात्रुहरुको माग र चाहना अनुसारको सेवा प्रदान गर्न समितिले यातायात सेवा संचालन गर्न थालेको अध्यक्ष चदाराले वताउनुभयो ।
यात्रुमैत्री सेवा प्रदान गर्न भन्दै दुई साता पहिले सानोभेरी यातायात सेवा समिति गठन गरिएको थियो । जसको अध्यक्षमा मनवहादुर चदारा, उपाध्यक्ष पवन कुमार विक, महासचिव वीरवहादुर मल्ल, सचिव गोविन रोका, कोषाध्यक्ष काली वहादुर महतरा र सदस्यमा शेरवहादुर रोका रहनुभएको छ ।
यसअघि संचालन भइरहेका यातायात भन्दा व्यवस्थित र यात्रुमैत्री सेवा प्रदान गरिने समितिले दाबी गरेको छ । यसअघि सिस्ने हिमाल वस समिति, रुकुम यातायात प्रालि र प्रफि यातायात प्रालिले यातायात सेवा संचालन गरिरहेका छन् । सानोभेरी यातायात सेवा समिति संगै रुकुममा यातायात सेवा संचालन गर्ने संस्था चार वटा पुगेका छन् ।। रुकुमबाट विभिन्न ठाउहरुमा साना गाडी देखी ठुला गाडी सम्म पुगे रुकुममा अव ग्रहाकलाइृ केही चिन्ता मुक्त हुने र भनकै समयमा  सिट अनि सुविधा दुवै वरावर पाइने एकमात्र रुकुम सानाेभेरी यातायात सेवा ।
एकपटक अवश्य सेवा दिने गरेकाछौ भनेका जसले अध्यक्षमा मनवहादुर चदारा, उपाध्यक्ष पवन कुमार विक, महासचिव वीरवहादुर मल्ल, सचिव गोविन रोका, कोषाध्यक्ष काली वहादुर महतरा र सदस्यमा शेरवहादुर रोका